परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर# गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट #आहा खबर# नगद लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या, अभियुक्तको खोजी शुरु #आहा खबर# ३३ करोडको लागतमा बन्ने भयो जाजरकोटमा आधुनिक अस्पताल #आहा खबर# नरैनापुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखि शुरु #आहा खबर#
    ओएमजी Omg!

    समुद्रशास्त्र

    शरीरको कुन अंगमा रहेकाे कोठीले के को संकेत गर्दछ ?

    सोमबार, २७ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, २७ जेठ । 

    समुद्रशास्त्रले शरीरमा आउने कोठीले राम्रो र नराम्रो दुवै फल दिने उल्लेख गरेको छ । 

    समुद्रशास्त्रका अनुसार दायाँ आँखी भौँ माथि आएको कोठीले ओठमाथि आएको कोठीले सुख वृद्धि गर्छ । यसले दाम्पत्य जीवनमा राम्रो गर्छ । तर, बायाँ आँखी भौँमा आएको कोठीले भने अशुभ गर्ने समुद्रशास्त्रमा उल्लेख गरिएको छ । बायाँ आँखी भौँमा आएको कोठीले दाम्पत्य जीवनमा नकारात्मक असर गर्छ ।

    समुद्रशास्त्रका अनुसार गर्दन र काँध जोडिएको भागमा आएको कोठी शुभ मानिन्छ । गर्दन पछाडिको कोठी शुभ हो । सो स्थानमा कोठी आएको व्यक्ति कर्मठ र जीवनमा सफलता हासिल गर्न सक्षम हुन्छन् । गलामा कोठी आएको व्यक्ति दीर्घायु र राम्रो आवाजको धनी हुने समुद्रशास्त्रको दावी छ ।

    शास्त्रका अनुसार महिला या पुरुषको काखीमा आएको कोठी पनि शुभ नै हुन्छ । जसको काखीमा कोठी हुन्छ उसको जीवनमा केही पटक धनको हानीको सामना पनि गर्नुपर्ने हुन्छ । यस्तै जुन व्यक्तिको नाकको अघिल्लो भागमा कोठी हुन्छ, ऊ भोग विलासमा अधिक रुचि राख्ने शास्त्रमा उल्लेख छ । शास्त्रका अनुसार नाकको दाहिने तर्फ जसको कोठी हुन्छ, उसको कम प्रयासमै अधिक लाभ प्राप्त गर्न सकिन्छ । नाकको देब्रेपटि कोठी आएमा भने अशुभ हुन्छ।

    यसैगरी कनपटीमा आएको कोठीले भने पारिवारिक दृष्टीमा अशुभ मानिन्छ । यस कारण कनपटीमा कोठी आएको व्यक्ति वैरागी हुने सम्भावना हुन्छ । जुन पुरुष र महिलाको दुइटै काँधमा आएको कोठीले जीवनमा काफी संघर्ष गर्नुपर्ने हुन्छ भने खुट्टाको औंलामा आएको कोठी अशुभको सूचक मानिन्छ । यस्ता व्यक्ति स्वतन्त्ररुपमा जीवन यापन गर्न कठिन हुन्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast