प्रहरीसँगको भिडन्तमा मारिएका 'विप्लव नेता' कुमार पौडेल को हुन् ? #आहा खबर# जापानमा ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट हुँदै #आहा खबर# किन आउँछ बारम्बार अमिलो डकार ? यस्तो छ कारण #आहा खबर# विश्वकप क्रिकेट : डेभिड वार्नरको सानदार 'कमब्याक', विश्वकपमा कीर्तिमानी ब्याटिङ #आहा खबर# ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार #आहा खबर# सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान #आहा खबर# अलपत्र परेको मेलम्चीको काम पुनःशुरु, ‘भेन्टिलेसन साफ्ट’को काम हुँदै #आहा खबर# न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा #आहा खबर# १० महिनामा ५५ अर्बको शेयर सूचीकृत, पुनरकर्जाको उपयोग बढ्यो, नेप्सेमा ६ अङ्कको बृद्धि #आहा खबर# विभिन्न शीर्षकमाथि विनियोजन विधेयकमा खर्च कटौतीका ५ प्रस्ताव #आहा खबर# इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि #आहा खबर# सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते #आहा खबर# संवेदनशील पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने #आहा खबर# सर्लाहीमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए #आहा खबर# पल्सर स्पोर्टस अवार्डमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिए #आहा खबर#
    स्वास्थ्य

    वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५१ वटा संस्था सूचीकृत

    सोमबार, २७ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २७ जेठ

    सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५१ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । 

    सूचीकरणका लागि आवेदन दिएका १२६ स्वास्थ्य संस्थाको अनुमगन गरी मापदण्ड पूरा गरेका ५१ स्वास्थ्य संस्थालाई सूचीकृत गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत चैत १३ गते सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थालाई सूचीकणका लागि आह्वान गरेको थियो । 

    कामदारको स्वास्थ्य परीक्षण गर्न राजधानीका नाम चलेको ठूला अस्पतालसमेत सूचीकरणमा परेका छन् । नक्खुस्थित नेपाल मेडिसिटी अस्पताल, त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल, माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल, बानेश्वरस्थित एभरेष्ट अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, धापासीस्थित ग्रीनसिटी अस्पताल, पोखरास्थित सनसाइन हेल्थ केयर सेन्टर, विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज,  टिचिङ हस्पिटल एण्ड रिसर्ज प्रालि, भरतपुरस्थित चितवन मेडिकल कलेज प्रालिलगायत ठूला अस्पताल पनि सूचीकृत भएका छन् । 

    स्वास्थ्य परीक्षणका लागि ठूला अस्पताल सूचीकरणमा परेकाले विगतमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका क्रममा देखिएका बेथिति अन्त्य हुने विश्वास गरिएको छ । यसअघि साना लगानीमा खुलेका स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरण र दक्षजनशक्तिको व्यवस्था नगरी स्वास्थ्य परीक्षणको ‘रिपोर्ट’ दिने गरेको आरोप लाग्ने गरेको थियो । 

    पछिल्लो समय नेपालकै ठूला मानिएका अस्पतालले कामदारको स्वास्थ्य परीक्षण गर्न चासो देखाएकाले ‘रिपोर्ट’ वास्तविक आउने र कुनै कामदार विदेश गइसकेपछि स्वास्थ्य समस्याका कारण स्वदेश फर्कन नपर्ने मन्त्रालयको विश्वास छ । 

    मन्त्रालयले सूचीकरणमा परेका स्वास्थ्य संस्थालाई सात दिनभित्र धरौटी रकम र सूचीकरण शुल्क बुझाउन आग्रह गरेको छ । सूचीकृत संस्थाले धरौटीवापत रु तीन लाख २५ हजार र सूचीकृत शुल्क रु २५ हजार बुझाउनुपर्ने छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast