परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर# गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट #आहा खबर# नगद लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या, अभियुक्तको खोजी शुरु #आहा खबर# ३३ करोडको लागतमा बन्ने भयो जाजरकोटमा आधुनिक अस्पताल #आहा खबर# नरैनापुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखि शुरु #आहा खबर#
    राज्य-समाज

    देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग आवश्यक छ : प्रधानमन्त्री

    सोमबार, २७ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २७ जेठ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले विगतमा ठूलो सङ्घर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार यो जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्नुभयो ।

    लामो बलिदानपूर्ण सङ्घर्षपछि जनताले ठूलो विश्वास यो सरकारलाइ सुम्पेको उल्लेख गर्दै प्रधानमन्त्रीले सुशासन र तीव्र आर्थिक वृद्धि नै सरकारको मुख्य ध्येय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको विश्वासलाई मर्न नदिई प्रविधिको प्रयोग गरेर देशलाई सुशासन र आर्थिक गतिका साथ अगाडि बढाउन देशभित्र र बाहिर रहेका सबैको साथ, सहयोग र विश्वास आवश्यक छ ।” गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयको माग र भावनाप्रति आफु जानकार रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।
     
    प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीले स्वागत गरेको भ्रमणमा सहभागी रेडियो नेपालका नरेश फुयाँलले जानकारी दिनुभयो । 

    प्रधानमन्त्री ओलीले त्यस अवसरमा स्वीट्जरल्याण्डमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभएको थियो ।  गैरआवासीय नेपाली नागरिक सङ्गठन स्वीट्जरल्याण्डका अध्यक्ष मणिराज गुरुङसहितका वक्ताले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य साकार पार्ने प्रयास गर्दै मातृभूमिको सेवा र निकटतालाई प्रवासमा रहेका नेपालीले निरन्तरता दिन चाहेको बताउनुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast