आईतवार, भाद्र ८, २०७६
    कला-सौन्दर्य

    बलिउड

    के धूम–४ मा भिलेनको भूमिका खेल्दै छन् शाहरुख खान ?

    सोमबार, २७ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २७ जेठ ।

    बलिउड सुपरस्टार शाहरुख खान आदित्य चोपडाको व्लकबास्टर हिट फिल्म धूमको चौथो भागमा भिलेनको भूमिकामा खेल्न सक्ने समाचारहरु सार्वजनिक भएका छन् ।

    यो भन्दा अघि पनि शाहरु खान धूम ४ मा भिलेनको रुपमा देखिने समाचारहरु बाहिरिएका थिए तर शाहरुले आफू आनन्द एल रायको फिल्म जिरोमा व्यस्त भएको भन्दै हल्लाहरुलाई शान्त गरिदिएका थिए ।

    जिरो गत वर्ष रिलिज भएको थियो तर यसले दर्शकको मन जित्न सकेन ।

    यो फिल्म बक्स अफिसमा फ्लप हुन गयो । अहिले शाहरुख खानसँग कुनै नयाँ प्रोजेक्ट छैन । राकेश शर्माको बायोपिक फिल्ममा शाहरुख ले नखेल्ने बताइसकेका छन् । अब उनीसँग समयको अभाव छैन ।

    के अब शाहरु खान साच्चिकै भिलेको भूमिका खेल्न गइरहेका छन् त ?

    यश राज फिल्मसको धूम सीरिजमा अहिलेसम्म ठूला कलाकारलाई भिलेको भूमिकामा देखाइएको छ ।

    शाहरु खानले केहीसमयदेखि अभिनेताको रुपमा खास कमाइ गर्न नसकिरहेको अवस्थामा उनले यो विकल्प चुनेको हुनसक्ने आँकलनहरु भारतीय फिल्म उद्योगमा चलिरहेको समाचार सार्वजनिक भएका छन् ।

    धुम सिरिजमा अहिलेसम्म जोन अब्राहम, ऋतिक रोशन तथा आमिर खान भिलेको रुपमा देखिइसकेका छन् । अब हेर्न बाँकी छ नयाँ सिरिजमा कुन चर्चित अनुहार भिलेको रुपमा आउने छ ?

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast