सलमानको ‘भारत’ दुई सय करोड क्लबमा सामेल ! यस्तो छ ग्रस कलेक्सन #आहा खबर# प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नं २ द्वारा कर्णाली प्रदेश ९ विकेट पराजित #आहा खबर# मोदीले मन पराए नेपालको चुनावी 'मोडल', केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न प्रस्ताव ! #आहा खबर# गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर#
    पर्यटन समाचार

    पर्यटकीय गन्तब्यस्थल जलबिरे झरनामा रक क्लाइम्बिङको परीक्षण

    सोमबार, २७ जेष्ठ २०७६, आहाखबर

    मुग्लिन, २७ जेठ 

    पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको चितवनको इच्छाकामना–६ स्थित जलबिरे लामो झरनामा ‘रक क्लाइम्बिङ’ गर्न सकिने भएको छ ।

    एसेट इन्टिग्रिटी ग्रुपको १० जनाको टोलीले चट्टान आरोहणको परीक्षण गरेका हुन् । गु्रपका प्रबन्ध निर्देशक एवं प्रशिक्षक रुद्रबहादुर गुरुङले यहाँ चट्टान आरोहण सञ्चालन गर्न सकिने बताउनुभयो । आफ्नो टोलीले शनिबार सफल परीक्षण गरेको गुरुङले बताउनुभयो ।  

    गुरुङले भन्नुभयो, “यहाँ रक क्लाइम्बिङ सञ्चालन गर्न सकिनेछ, हामीले गत शनिबार मात्र सफल परीक्षण गरेका छौँ, यहाँ  सुरक्षाका  लागि ‘सिब्राकेट’, ‘रक एङ्गल’ र ‘मङ्की लेडर’ प्रयोग  गर्न सकिनेछ भने ढुङ्गा झर्ने  समस्या रोक्न ‘रक नेट’को प्रयोग गर्न सकिनेछ ।” बालबालिकाको मनोरञ्जनका लागि छुट्टै क्यानोनिङको व्यावस्थासमेत गर्न सकिने बताइएको छ ।   

    जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले जलबिरे झरनाको विकासका लागि जिल्ला विकास समिति हुँदादेखि नै विभिन्न काम हँुदै आएको र अहिले समन्वय समितिले प्रदेश सरकारसँग पूर्वाधार निर्माणका लागि पहल गरिरहेको बताउनुभयो । चट्टान आरोहण सञ्चालन गरेपछि पर्यटकको आवागमन बढ्नेछ । गर्मी बढेसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा बढेको जलबिरे लामो झरनाका अध्यक्ष  देवकुमार गुरुङले बताउनुभयो ।    

    इच्छाकामना ब्रोडकास्टिङ मिडिया प्रालिले एक वर्षदेखि घुमौँ इच्छाकामना अभियान सञ्चालन गरिरहेको छ । यस अवसरमा जलबिरे झरनामा चट्टान आरोहणको परीक्षण गरिएको हो । सो झरनामा पर्यटक आकर्षित गर्न के कस्ता सम्भावना छन् भनेर पत्ता लगाउन उक्त आरोहणको परीक्षण गरिएको इच्छाकामना घुमाँै अभियानका चित्रबहादुर गुरुङले बताउनुभयो । गुरुङका अनुसार यसअघि  झरनाको तल्लो भागमा मात्र क्यानोनिङ गरिँदै आएको थियो । चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्न यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्छ । यहाँ प्रवेश गर्न स्वदेशी पर्यटकलाई रु ५० र विदेशीका लागि रु १०० शुल्क लिने गरिएको छ भने क्यानोनिङका लागि स्वदेशीलाई रु १०० र विदेशीलाई प्रतिव्यक्ति रु ५०० लिने गरिएको छ ।     

    यहाँ विसं २०६९ देखि पर्यटन विकास शुरु भएको हो । चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्य स्थलमध्ये लामो झरना पनि उत्कृष्ट गन्तव्यभित्र पर्छ । साठी मिटरभन्दा लामो झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ । सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकको मन लोभ्याइदिन्छ । झरनामा नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिनबाट सात किलोमिटर नारायणगढतर्फ जलबिरेबाट आधा घण्टा हिँडेर वा सवारीसाधनबाटै पनि पुग्न सकिन्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast