बुधबार, असोज १, २०७६
    राज्य-समाज

    माइतीघरको घटनाबारे गृहमन्त्रीको जवाफ माग्दै कांग्रेसद्वारा संसद अवरुद्ध

    सोमबार, २७ जेष्ठ २०७६, आहाखबर
    फाइल फोटो

    काठमाडौं, २७ जेठ ।

    गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकड गरेको विषय प्रमुख विपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ मागेको छ ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।

    कांग्रेसले गुठी विधेयकको विरोधमा राजधानीको माइतीघर मण्डलामा भएको प्रदर्शनमा सरकारले लाठी र पानीको फोहोरा प्रहार गरेको भन्दै जवाफ माग गर्दै बैठक अवरूद्ध गरेको हो ।

    बैठकको सुरूआतमै कांग्रेसले गुठी विधेयकबारे प्रश्न उठाएपछि सभामुख कृष्णबहादुर महराले भूमिसुधार मन्त्री पद्मा अर्याललाई बोल्न समय दिएका थिए ।

    अर्यालले गुठी विधेयक संविधानको मर्म र भावना अनुरूप ल्याएको बताएकी थिइन् ।

    तर कांग्रेसले अर्यालको जवाफमा चित्त नबुझेको भन्दै गृहमन्त्रीको जवाफ माग गरेको हो ।

    'रितिथिति जोगाउन मण्डलामा शान्तिपूर्ण आन्दोलन गर्दै जाँदा जवाफ लाठी वर्षा गराएर दिइएको छ', कांग्रेस सांसद पुष्पा भुषालले भनिन्, 'रिति/थिति परम्परालाई कानुन र संविधानको नाम दिएर नामेट गर्न खोजेको हो ।’

    उनले धार्मिक सम्पदाका रूपमा गुठियारको जग्गालाई साँस्कृतिक सम्पदाको रूपमा सरकारले लिनुपर्ने तर्क गरिन् ।

    'संविधानको गलत ब्याख्या गरेर रितिथिति र धर्ममाथि धावा बोल्न मिल्छ', भुषालले भनिन्, 'शान्तिपूर्ण ढंगले जनताले सडकमा आएर बोल्न नपाउने डेमोक्रेसी हामीलाई चाहिएको छैन ।’

    कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast