कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    राज्य-समाज

    कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट ८ सय ७० घरमा क्षति

    सोमबार, २७ जेष्ठ २०७६, आहाखबर
    भीमदत्तनगर, २७ जेठ ।
     
    तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ । कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको जिल्ला रेडक्रस सोसाइटीको कार्यालयले जनाएको छ ।
     
    रेडक्रसका अनुसार कञ्चनपुरमा ३७ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । “जिल्लाभर रहेका १५ उपशाखाबाट गरिएको क्षति विवरण सङ्कलनको प्रारम्भिक रेकर्ड हो ।” जिल्ला रेडक्रस सोसाइटीको कार्यालयका कार्यालय प्रमुख मनोज उप्रेतीले भन्नुभयो, “वास्तविक रेकर्ड आउन एक÷दुई दिन लाग्छ ।” 
     
    उहाँले वास्तविक रेकर्ड सङ्कलनका लागि रेडक्रस, स्थानीय तह, स्थानीय प्रशासनका साथै सुरक्षा निकाय संयुक्तरुपमा खटिएको समेत जानकारी दिनुभयो । “स्थलगत अनुगमनका क्रममा पूर्णरुपमा क्षति भएको देखिएको परिवारलाई रेडक्रसले राहत प्याकेज पनि उपलब्ध गराउँदै हिँडेको छ ।” 
     
    त्यस्तै हावाहुरीका कारण कञ्चनपुरका ५२५ बिजुलीका पोल भाँचिएका छन् । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले विद्युत्तर्फ पोल भाँचिनुका साथै धेरै ठाउँमा तारमा समेत क्षति पुगेको बताउनुभयो । उहाँले विद्युत्मा यहाँ रु डेढ करोड बराबरको क्षति भएको बताउनुभयो । उहाँले जिल्लाको अधिकांश ठाउँमा विद्युत् सञ्चालन भइसकेको बताउनुभयो । “कृष्णपुरको रैकवारबिचुवामा विद्युत् सञ्चालन हुन अझै दुई-तीन दिन लाग्न सक्छ”, उहाँले भन्नुभयो, “नयाँ पोल ल्याएर तार तान्ने काम हुँदैछ ।”
     
    क्षति विवरण सङ्कलनसँगै विद्युत् सञ्चालन गर्न रातदिन टोली जिल्लाभर परिचालन भएको उहाँले जानकारी दिनुभयो । “कञ्चनपुरमा कृष्णपुर नगरपालिकामा सबैभन्दा बढी क्षति भएको छ”, उहाँले भन्नुभयो, “क्षतिको यकिन विवरण आएपछि केन्द्रमा बजेट माग्ने योजनामा छौँ ।”
     
    त्यसैगरी यहाँका स्थानीय तहहरु पनि पीडितको राहत र क्षतिको विवरण सङ्कलनमा सक्रिय देखिएका छन् । स्थानीयतह आपत्कालीन राहतकोष घोषणा गर्नेदेखि घाइतेको उपचार खर्चमा समेत गम्भीररुपमा लागिपरेका छन् । जिल्ला सुरक्षा समिति पनि हावाहुरीबाट पूर्णरुपमा क्षति व्यहोरोका स्थानीयवासीको भत्केका घर पुनःनिर्माण गर्ने र त्रिपाललगायतका राहत सामग्री वितरण गर्न छलफलमा जुटेको छ ।
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast