कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    खेल संसार

    नेयमार बिना पनि ब्राजिलको शानदार जित

    सोमबार, २७ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २७ जेठ ।
    फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले होन्डुरसमाथि आधा दर्जन गोल अन्तरले जित निकालेको छ ।

    पोर्टो एल्गेरोमा भएको खेलमा ब्राजिलको जितमा गाब्रियल जिससले दुई गोल गरे । स्टार खेलाडी नेयमार विना नै मैदानमा उत्रिएको ब्राजिलले तुलनात्मक रुपमा कमजोर टिम होन्डुुरस विरुद्ध खेलको छैटौ मिनेटबाट गोलको बर्षा सुरु गरेको थियो । जुन ७० मिनेटसम्म कायम रहेको थियो ।

    छैटाै मिनेटमा डानी एल्भेसको पासमा जिससले पहिलो गोल गरेका थिए । त्यसपछि १३ औं मिनेटमा थिएगो सिल्भाले फिलिप कोउन्टिन्होको पासमा ब्राजिलका लागि दोस्रो गोल गरे । ३७ औं मिनेटमा ब्राजिलले पेनाल्टीको अवसर पायो । जसलाई कोउन्टिन्हो आफैले गोल गर्दै टिमको अग्रता तीन शुन्यमा लम्ब्याए ।

    पहिलो हाफमा तीन गोल गरेको ब्राजिलले दोस्रो हाफमा थप चार गोल गर्यो । ४७ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दा ५६ औं मिनेटमा डेविड निरीसले पाँचौ गोल गरे ।

    ब्राजिलको गोलको क्रम यतिमा रोकिएन । ६५ औं मिनेटमा रोबेर्टो फेरमिन्होले र ७० औं मिनेटमा रिकार्रलिसनले गोल गरेर ब्राजिलले सात शुन्यको प्रभावशाली जित निकाल्न सफल भयो ।

    कतारमा भएको खेलका दौरान नेयमार चोटग्रस्त भएपछि उनी कोपा अमेरीका प्रतियोगितासम्म मैदान बाहिर हुनेछन् ।

    अर्को खेलमा कोलम्बियाले पेरुमाथि तीन शुन्यको सहज जित निकालेको छ । पेरुमा भएको खेलमा १० खेलाडीमा झरेको घरेलु टिमलाई सुरुवातदेखि नै दवाबमा राखेको कोलम्बियाको जितमा माटिउस उरुबीले दुई गोल गरे ।

    खेलको २३ औं मिनेटमा माटिउसको गोल मार्फत कोलम्बियाले खेलमा अग्रता लियाे । पहिलो हाफमा एक शुन्यले पछि परेको पेरु ५५ औं मिनेटमा १० खेलाडीमा झर्न पुग्यो ।

    उसका योसीमार योतुम रातोकार्ड पाउँदै मैदानबाट बाहिरिए । जसकाे फाइदा लिँदै कोलम्बियाले ६५ औं मिनेटमा दोस्रो गोल थप्यो । यसपटक पनि उसका लागि माटिउसले नै गोल गरे ।

    त्यसपछि खेलको इन्जुरी समयको चौथो मिनेटमा डुभान जापाटाले टिमका लागि तेस्रो गोल गर्न सफल भए । यस्तै खेलमा पाराग्वेले ग्वाटेमालालाई दुई शुन्यले हरायो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast