मंगलवार, भाद्र ३१, २०७६
    खेल संसार

    पोर्चुगलले जित्यो नेसन्स लिग उपाधि

    सोमबार, २७ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २७ जेठ ।
    पोर्चुगलले आइतबार राति नेसन्स लिग उपाधि जितेको छ । सन् २०१६ को युरोपेली विजेताले गोन्कालो गुडेसको गोलको मदतले नेदरल्यान्ड्सलाई १–० ले हरायो ।  

    डच डिफेन्डर जोडी भर्जिल भान डायक र म्याथिज डे लिटले क्रिस्टियानो रोनाल्डोलाई पूरा खेल समय शान्त राखेपनि भ्यालेन्सियाका विन्गर गुडेसलाई रोक्न सकेनन् ।

    गुडेसले ६० औं मिनेटमा निर्णायक गोल गरे । पोर्चुगलले फाइनल प्रवेशका लागि स्विट्जरल्यान्डलाई हराएको थियो । तेस्रो स्थानका लागि आइतबार नै भएको खेलमा इंग्ल्यान्डले स्विटजरल्यान्डलाई हरायो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast