मंगलवार, मंसिर ३, २०७६
    राज्य-समाज

    युवा बेरोजगारको अवस्थाः कोरिया जान १० हजार सिट, ८४ हजारले दिए परीक्षा

    सोमबार, २७ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २७ जेठ ।
    रोजगारीका लागि कोरिया जाने सपना बोकेका बेरोजगार नेपाली युवाले भाषा सिक्न मात्रै वर्षमा नौ अर्ब रुपैयाँ खर्च गर्छन् । काठमाडौं उपत्यका, पोखरालगायत ठूला सहरमा भाषा सिकाउने इन्स्टिच्युटहरू सञ्चालनमा छन् । त्यस्ता इन्स्टिच्युटले एकजना युवाबाट एक वर्षको कोर्स पढाएबापत औसत २० हजार रुपैयाँ लिन्छन् । यस हिसाबले ९२ हजार आवेदकबाट एक अर्ब ८५ करोड रुपैयाँ उठाउँछन् । यस्तै, भाषा कक्षाका लागि सहरमा बस्न, भाडा तिर्न र घरबाट आवत–जावत गर्न उनीहरूलाई कम्तीमा एक वर्षमा ८० हजार रुपैयाँ लाग्छ ।

    यसरी सहर बसाइ, यातायात र भाषा कक्षाबापत उनीहरूले कम्तीमा एक लाख खर्च गर्नुपर्छ । यसपालिको हिसाब गर्दा पनि ९२ हजार युवाका लागि एक लाख रुपैयाँका दरले नौ अर्ब २० करोड खर्च भएको छ । तर, यसरी खर्च गर्नेमध्ये १० प्रतिशत अर्थात् नौ हजारले मात्र कोरियाको रोजगारी पाउनेछन् । ८० हजार युवा निराश हुनुपर्नेछ । तर, उनीहरूका लागि खर्च भएको नौ अर्ब २० करोड रुपैयाँ संगठित रूपमा खर्च गर्ने हो भने वर्षमा ४५ मेगावाटको विद्युत् आयोजना बन्न सक्छ । यस्ता आयोजनाले युवालाई रोजगारी मात्र होइन, लगानीकर्तालाई वार्षिक रूपमा उन्नत आम्दानी हुन सक्छ । तर, यो विषयमा सोच्ने कसले भन्ने  समाचार नयाँ पत्रिका दैनिकमा छ । 

    खासमा भाषा सिकाइ निःशुल्क हुनुपर्ने हो, यत्रो युवा बेरोजगार हुँदा राज्यलाई चिन्ता छैन
    दीपेन्द्रविक्रम थापा,पूर्वश्रमसचिव
    वास्तवमा कोरियन भाषाको तालिम 

    निःशुल्क हुनुपर्ने थियो । सरकारले नै भाषाको तालिम दिन सम्भव छैन । यस्तो अवस्थामा सीपका आधारमा युवाहरू छानेर कोरियाले उतै लगेर भाषा सिकाउने उपाय उत्तम हुन सक्थ्यो । तर, उनीहरूलाई पनि लगेर सोझै काममा लगाउनु सजिलो हुने होला । अहिले थोरै संख्यामा जान्छन् । बढी असफल भइरहेका हुन्छन्, असफल हुनेको पैसा र एक वर्षको ऊर्जा त्यसै खेर गइरहेको छ । खाडी, मलेसिया जाने ओइरो झन् ठूलो छ । आन्तरिक रोजगारी पर्याप्त नहुँदा यस्तो समस्या आएको हो । हामीसँग शिक्षा प्रणाली पनि उद्यमशीलतातर्फ निर्देशित छैन । राज्यको लगानी पनि एकदमै न्यून छ । यदि राज्यले त्यसतर्फ उचित ध्यान दिन सकेको भए युवाहरू वैदेशिक रोजगारीमा लगाउने खर्च र मिहिनेत स्वरोजगारमै लगाइरहेका हुन्थे ।

     पछिल्ला चार वर्षमा कोरिया जान युवाले खर्च गरे २६ अर्ब ९५ करोड, उताबाट आयो २६ अर्ब ८८ करोड रेमिट्यान्स

     -सहभागी परीक्षार्थी
     -उत्तीर्ण युवा
     -कोरिया पुगेका युवा

     

    सन् २००९ र २०१२ मा परीक्षा भएन तर अघिल्लो वर्ष पास भएका युवा गए
    पछिल्लो चार वर्षको रेमिट्यान्स 
    ०७१/७२ : १ अर्ब ७५ करोड ६५ लाख
    ०७२/७३ : दुई अर्ब ९१ करोड ६२ लाख
    ०७३/७४ : पाँच अर्ब ३३ करोड ७६ लाख
    ०७४/७५ : १६ अर्ब ८७ करोड ९० लाख

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast