रसुवागढी सुरुङ मार्गमा सुख्खा पहिरो, १५ कामदार थुनिए, आफैं बाहिर आउन सक्ने अवस्था छैन #आहा खबर# प्रहरीसँगको भिडन्तमा मारिएका 'विप्लव नेता' कुमार पौडेल को हुन् ? #आहा खबर# जापानमा ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट हुँदै #आहा खबर# किन आउँछ बारम्बार अमिलो डकार ? यस्तो छ कारण #आहा खबर# विश्वकप क्रिकेट : डेभिड वार्नरको सानदार 'कमब्याक', विश्वकपमा कीर्तिमानी ब्याटिङ #आहा खबर# ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार #आहा खबर# सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान #आहा खबर# अलपत्र परेको मेलम्चीको काम पुनःशुरु, ‘भेन्टिलेसन साफ्ट’को काम हुँदै #आहा खबर# न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा #आहा खबर# १० महिनामा ५५ अर्बको शेयर सूचीकृत, पुनरकर्जाको उपयोग बढ्यो, नेप्सेमा ६ अङ्कको बृद्धि #आहा खबर# विभिन्न शीर्षकमाथि विनियोजन विधेयकमा खर्च कटौतीका ५ प्रस्ताव #आहा खबर# इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि #आहा खबर# सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते #आहा खबर# संवेदनशील पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने #आहा खबर# सर्लाहीमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए #आहा खबर#
    खेल संसार

    पोर्चुगल र नेदरल्यान्ड्स नेसन्स लिग उपाधिका लागि भिड्दै

    आईतवार, २६ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २६ जेठ

    यूइएफए नेसन्स लिग फाइनलमा पोर्चुगलले नेदरल्यान्ड्ससँग भिड्दैछ।

    उपाधिका लागि हुन लागेको खेल आइतबार राति नेपाली समयअनुसार साढे १२ बजे पोर्चुगलको घरेलु मैदानमा सुरु हुनेछ।

    पोर्चुगलले सन् २०१६ मा युरोकप जितेको थियो।

    नेदरल्यान्ड्समा भने उपाधिको भोक छ। 

    पोर्चुगलले सन् २०१८ को विश्वकप खेल्दा नेदरल्यान्ड्स विश्वकपका लागि छनौट नै भएको थिएन।


    स्टार खेलाडीको फाइनल

    नेदरल्यान्ड्स र पोर्चुगलबीच हुन लागेको खेलमा स्टार खेलाडीको उपस्थिती हुनेछ। क्रिस्टियानो रोनाल्डो र बरनार्डो सिल्भा पोर्चुगलबाट मैदान उत्रँनेछन्।

    भर्जिल भ्यान डेक, फ्र्यांकी डि जोङ तथा म्याथिस डि लाइट नेदरल्यान्ड्सको तर्फबाट मैदान उत्रँनेछन्।


    रोनाल्डो भर्सेस भ्यान डेक

    क्रिस्टियानो रोनाल्डोले यस सिजन युभेन्ट्सको तर्फबाट सिरि ए जिते। तर च्याम्पियन्स लिग उपाधि भने जित्न सकेनन्।

    लिभरपुलका भ्यान डेकले प्रिमियर लिग जित्न सकेनन्। तर च्याम्पियन्स लिग जिते। डेकले यस सिजन स्टार फुटबलर मेस्सी, स्वारेजलाई असफल बनाएका थिए।

    डेक यस सिजन बालुन डि’ ओरका लागि सबैभन्दा लोकप्रिय छन्। उनी रोनाल्डोको सामना गर्न समेत तयार छन्।


    बलियो पोर्चुगल

    पोर्चुगल र नेदरल्यान्ड्सबीच भएको १३ खेललाई मध्यनजर गर्दा पोर्चुगल बलियो देखिएको छ। पोर्चुगलले १३ मध्ये ७ खेलमा जित हातपार्दा २ खेलमा मात्र नेदरल्यान्ड्ले जित हात पारेको छ।

    अन्य खेलमा बराबरी भएको छ। पोर्चुगलमै भएको ५ खेलमा भने नेदरल्यान्ड्सले कुनै खेलमा जित निकाल्न सकेको छैन। जसमभ्ये २ खेलमा बराबरी हुँदा ३ खेलमा पोर्चुगलले जित निकालेको थियो। आइतबार पोर्चुगलकै घरेलु मेदानमा नेसन्स लिगको फाइनल हुँदैछ। 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast