मंगलवार, भाद्र ३१, २०७६
    ब्राण्ड/संगठन

    सिभिल बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ढल्केबरमा खुल्यो

    आईतवार, २६ जेष्ठ २०७६, आहाखबर

    धनुषा, २६ जेठ । 

    क वर्गको वाणिज्य बैंक सिभिल बैंकले धनुषाको ढल्केबरमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकको उक्त शाखाको उद्घाटन मिथिला नगरपालिकाका मेयर हरि नारायण महतोले गर्नुभएको थियो । 

    उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा मिथिला नगरपालिकाका मेयर हरि नारायण महतो, सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । 

    सो अवसरमा बोल्दै सिभिल बैंकका प्रदेश २ प्रमुख दिपक कुमार श्रेष्ठले बैंकले सरोकारवाला सबैको हितलाई ध्यानमा राखी प्रविधिकेन्द्रित सेवा लगायत अन्य सन्पूर्ण सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने बताउनुभयो ।

    उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मिथिला नगरपालिकाका मेयर हरि नारायण महतोले ढल्केबरको बढ्दो आर्थिक गतिबिधिसंगै सिभिल बैंकले पनि आफ्नो शाखा उक्त क्षेत्रमा बिस्तार गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

    सो अवसरमा बोल्दै सिभिल बैंकका प्रदेश २ प्रमुख दिपक कुमार श्रेष्ठले बैंकले सरोकारवाला सबैको हितलाई ध्यानमा राखी प्रविधिकेन्द्रित सेवा लगायत अन्य सन्पूर्ण सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने बताउनुभयो ।
     

    सिभिल बैंकको यस ढल्केबर शाखासहित बैंकको कुल शाखा संख्या ७६ पुगेकोे पनि बैंकले जनाएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast