सोमबार, असोज ६, २०७६
    कला-सौन्दर्य

    बलिउड गायिका नेहा कक्करको ठमेल कन्सर्टमा आयोजकले टिकट बढी बिक्री गरेपछि पक्राउ

    आईतवार, २६ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २६ जेठ ।

    बलिउड गायिका नेहा कक्करको काठमाडौं प्रस्तुतीमा हल क्षमताभन्दा बढी टिकट बिक्री गरेको अभियोगमा पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरेलाई   प्रहरीले  नियन्त्रणमा लिएको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अन्तर्राष्ट्रिय अतिथि गायिकाको सुरक्षा समेत ख्याल नगरी अत्यधिक टिकट बिक्री गरेपछि घिमिरेलाई नियन्त्रणमा लिएको हो ।

    नेहाले शनिबार लर्ड अफ ड्रिंक्स क्लबमा शनिबार प्रस्तुति दिएकी थिइन्। क्लबको सबै स्थानमा मान्छेको घुइँचो रहे पनि त्यत्तिकै युवा टिकट लिएर बाहिर बसेका थिए ।

    ‘क्षमताभन्दा बढी टिकट विक्री गरेका रहेछन्,’ परिसरका डिएसपीले भने ‘कलाकारको सुरक्षा मिलाउनै अप्ठेरो हुने ब्यवस्थापन थियो ।’

    घिमिरेले प्रस्तुति हेर्न नपाएकाहरुको टिकटको रकम फिर्ता गर्ने बाचा गरेका छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast