बिहिवार, असोज ३०, २०७६
    राज्य-समाज

    ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ : पहिलो चरणमा ७ सयलाई रोजगारी (तस्विरसहित)

    शुक्रबार, २४ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, जेठ २४ ।

    भक्तपुरको सुर्यविनायकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अभियान सुरु गरेका छन् ।  

    कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ लागू गरेको बताए ।  कार्यक्रमबाट पहिलो चरणमा भक्तपुरका तीनवटा नगरपालिकाका करिब ७ सय बेरोजगार युवालाई रोजगारी पाएका छन् । करिव १ हजार ५ सय युवाहरुले भने बेरोजारको सूचिमा नाम दर्ता गराएका थिए । 

    भक्तपुरका चारवटै नगरपालिकामा शुक्रबार प्रारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकार विरोधी केही तत्वहरु सक्रिय छन्, उनीहरु कुनै हालतमा सफल हुँदैन ।’

    सो अवसरमा ओलीले सूवर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको प्रारम्भ गर्दै कार्यक्रमसँग आबद्ध भएका युवाहरुलाई सावेल लगायत उपकरण हस्तान्तरण गरेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast