मंगलवार, भाद्र ३१, २०७६
    मुभी-थिएटर

    चलचित्र ‘जिरो’ को असफलता पछि राजकुमार हिरानीको फिल्ममा शाहरुख

    शुक्रबार, २४ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २४ जेठ

    साहरुखले नयाँ चलचित्रमा काम गर्ने मुड बनाएका छन् । चलचित्र ‘जिरो’को असफल भएपछि नायक साहरुख खानले कुनै पनि चलचित्रको घोषणा गरेका थिएनन् । आफ्नो नयाँ चलचित्रको निर्देशनका लागि साहरुखले निर्देशक राजकुरमार हिरानीलाई रोजेको खबर चर्चामा छ । साहरुख र राजकुमारबीच भेटवार्ता पनि भइसकेको छ । तर, उनीहरुको कागजी सम्झौता भने भएको छैन् ।

    लभ स्टोरी जनरमा निर्माण हुने यो चलचित्रमा भावुकतालाई पनि देखाइने छ । यो प्रकारको चलचित्र हिरानीको ‘सिग्नेचर’ चलचित्र नै हुन् । साहरुखसँग पनि हिरानी यस्तै चलचित्रमा सहकार्य गर्दैछन् । अर्को रमाइलो पक्ष त राजकुरमार हिरानीले निर्देशन गर्ने यो चलचित्रमा विधु विनोद चोपडाको लगानी रहने छैन । हिरानीको जुनै चलचित्रमा लगानी गर्ने विधु विनोदले यस चलचित्रमा भने लगानी गर्न पाउने छैनन् । यो चलचित्रमा शाहरुख खान र राजकुमार हिरानीकै संयुक्त लगानी रहने छ ।

    दुईबीच लिखित सम्झौता भएसँगै चलचित्रको प्रि प्रोडक्सनको काम सुरु गरिने बुझिएको छ । साहरुख र राजकुमार दुबै सम्झौतालाई कुरिरहेका छन् । उनीहरु एक अर्कासँग काम गर्न एकदमै उत्साहित छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast