मंगलवार, भाद्र ३१, २०७६
    सार्क

    भारतीय लोकसभा निर्वाचन विश्वकै महँगो चुनाव ! एक भोटको मूल्य ६ सय भारु ?

    बिहिवार, २३ जेष्ठ २०७६, आहाखबर

    एजेन्सी, २३ जेठ

    निर्वाचनमा भएको खर्चलाई समेटेर भारतको निजी थिंक ट्याकं ‘सेन्टर फर मिडिया स्टडिज(सीएमएस)’ले एक रिपोर्ट सार्वजनिक गरेको छ ।

    रिपोर्टमा भारतमा भर्खरै सकिएको लोकसभा चुनावका सम्पूर्ण खर्च समेटिएका छन् ।

    रिपोर्टले सन् २०१९ को लोकसभा चुनाव संसारमा अहिलेसम्म भएको चुनावमध्ये सबैभन्दा महंगो चुनाव भएको देखाएको छ ।

    सीएमएम रिपोर्ट अनुसार भारतको यस पटकको आम निर्वाचनको कुल खर्च ५.५ खर्बदेखि ६ खर्ब भारुबीच रह्यो । 

    चुनावको कूल खर्चमध्ये ४० प्रतिशत हिस्सा उमेद्वारले मात्रै खर्च गरेका थिए । त्यसपछि दोस्रो धेरै खर्च अर्थात ३५ प्रतिशत खर्च राजनीतिक दलले गरे । 

    रिपोर्टको विश्लेषणबाट भारतको पछिल्लो आम निर्वाचनमा प्रत्येक निर्वाचन सिटमा नौ करोड भारु खर्च भयो । यो हिसाबमा प्रत्येक मतको मूल्य ७०० भारु हुन आउँछ । 

    सीएमएसको यो रिपोर्ट सहायक तथ्याकं, मतदातासँगको कुराकानी, समाचार र पछिल्लो वर्षको तथ्याकंको विश्लेषणमा आधारित छ । 

    सन् २०१९ मा भारतको लो सभा निर्वाचनमा लगभग ९०.२ करोड मतदाता सहभागी रहँदा मतदान केन्द्रको संख्या १० लाखभन्दा केही बढी छ । 

    कुल चुनावी खर्चको अतिरिक्त चुनावी प्रचारका क्रममा जफत भएको नगद रकम, मदिरा, सुनमा पनि वृद्धि भएको रिपोर्टमा देखिएको छ । सन् २०१४ को लोकसभा निर्वाचनको तुलनामा सन् २०१९ मा जफत

    सम्पति र मदिराको मूल्य दुई गुणा रह्यो ।

    निर्वाचन आयोगले सन् २०१९ को मे १९ सम्म ३५ अर्ब भारु नगद तथा सामान जफत गरेको थियो ।


    अनेक तरिकाबाट मत तानिन्छ यहाँ

    रिपोर्ट अनुसार आम निर्वाचनका क्रममा भएको प्रमुख खर्च शीर्षकमा चुनावी प्रचारको अतिरिक्त मतदातालाई बाँडिएको रकम पनि पर्न आएको थियो । 

    मत दिनको लागि मतदातालाई आफूतर्फ तान्नको लागि पैसा बाड्ने चलन भारतमा पुरानो हो । रिपोर्ट निर्माणकर्ताले गरेको सर्वेक्षणमा १० देखि १२ प्रतिशत मतदाताले रकम पाएको स्वीकार गरेका छन् । 

    भारतको निर्वाचन आयोगले राजनीतिक दललाई १० देखि १२ करोड भारु खर्च गर्न पाउने सिमाना तोकेको थियो

    त्यस्तै दुई तिहाईले भने आफूले चिनेका व्यक्तिले भोटको लागि पैसा प्राप्त गरेको बताएका थिए । 

    पैसाको अतिरिक्त विभिन्न खालको योजना र वाचाबाट पनि मतदातालाई लोभ्याइने अभ्यास भए । १० प्रतिशत मतदाताले तिनको क्षेत्रका चुनाव उठेकाले चुनाव जितेमा नोकरी लगाइदिने बताएको कुरा बताए ।
     
    रिपोर्टमा यस पटकको निर्वाचनमा करपोरेट क्षेत्रबाट ऐतिहासिक रुपमा ठूलो रकम चुनावमा खर्च भएको बताए । 

    यस रिपोर्टले पछिल्लो २० वर्षमा भित्र चुनावी खर्चको तथ्यांक ६ गुणाले बढेको देखाउँछ । सन् १९९८ को लोकसभा चुनावमा ९० अर्ब भारु खर्च भएको थियो भने यो पटक बढेर ५.५ खर्ब भारु भएको थियो । 

     

    खर्च गर्नेमा भाजपा सबैभन्दा अघि 

    रिपोर्टमा बताइए अनुसार चुनावी खर्चमा बाँकी दलको तुलनामा सत्तारुढ दल सबैभन्दा अघि छ । 

    यस निर्वाचनमा भाजपाले कुल चुनावी खर्चको ४५ देखि ५५ प्रतिशत खर्च गरेको देखिएको छ । जबकी २० वर्ष अघिको सन् १९९८ को निर्वाचनमा उसले २० प्रतिशत खर्च गरेको थियो । सन् २०१९ मा कांग्रेसको

    चुनावी खर्च १५ देखि २० प्रतिशतबीच मात्र रह्यो । जबकी १० वर्ष अघिको निर्वाचन उसको चुनावी खर्च प्रतिशत ४० प्रतिशत थियो ।

    भारतको निर्वाचन आयोगले राजनीतिक दललाई १० देखि १२ करोड भारु खर्च गर्न पाउने सिमाना तोकेको थियो । 

    यस पटकको निर्वाचनमा करपोरेट क्षेत्रबाट ऐतिहासिक रुपमा ठूलो रकम चुनावमा खर्च

    भारतमा अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा चुनाव भएको थियो । चुनावपछि भएको पत्रकार भेटघाटमा भारतको निर्वाचन आयोगका आयुक्त सुनील अरोडाले पनि यसबारे बोलेका थिए । 

    उनले भारतमा स्वतन्त्र र निष्पक्ष चुनाव गराउन धनदौलत सबैभन्दा ठूलो चुनौती बन्दै गएको बताएका थिए । 

    तथापि चुनाव आयोग यस समस्यासँग जुध्न प्रतिबद्ध रहेको उनले बताए । सो अबसरमा उनले उमेद्वार एंव राजनीतिक दलको चुनावी खर्चमाथि नजर राख्न विस्तृत दिशानिर्देश जारी गरे । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast