आईतवार, असोज ५, २०७६
    मुभी-थिएटर

    प्रदर्शनको पहिलो दिनमै सलमानको फिल्म ‘भारत’ले राख्यो रेकर्ड, अनलाइनमा लिक !

    बिहिवार, २३ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २३ जेठ । 

    बुधवारबाट रिलिज भएको सलमान खानको फिल्म ‘भारत’ व्यापक चलेको छ ।

    सलमान खानको फिल्म ‘भारत’ले बक्स अफिसमा इतिहास रचेको छ । विश्वकप क्रिकेट चलिरहेका बेला सलमानको फिल्मले पहिलो दिन नै ४२ करोडभन्दा माथिको व्यापार गर्दै नयाँ रेकर्ड कायम गरेको हो ।

    बलिउडमा सलमान र कटरिना कैफको जोडीले थुप्रै सुपरहिट फिल्म दिएको छ । एकपटक फेरि बलिउडमा यो जोडीलाई दर्शकले रुचाएका छन् । यससँगै फिल्म सलमान, कटरिना र अली अब्बासको करिअरको अहिलेसम्मकै ओपनिङमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । यसअघि ‘सुल्तान’ले ३६ करोड ५४ लाख र ‘टाइगर जिन्दा है’ले ३४ करोड १० लाख कमाएका थिए ।

    यो फिल्म २०१९ को ठूलो ओपनिङ गर्ने दोस्रो फिल्म बनेको छ। यसअघि हलिउड फिल्म ‘एभन्जर्स एन्डगेम’ले पहिलो दिन नै ५३ करोड कमाएको थियो।

    सलमानको करियरकै अहिलेसम्मको पहिलो दिन सबैभन्दा धेरै कमाउने फिल्म ‘प्रेम रतन धन पायो’ हो । फिल्मले ४० करोड ३५ लाख कमाएको थियो । अब यो रेकर्ड तोडिएको छ ।

    सलमानको फिल्म बलिउडमा २०१९ मा पहिलो दिन सबैभन्दा धेरै कमाउने फिल्ममा पहिलो बनेको छ । यसअघि ‘कलंक’ र ‘केसरी’ले पहिलो दिन समान २१ करोड ६० लाख कमाएका थिए।

    सलमानको यो फिल्म एकैपटक भारत बाहेकका ७० देशका १३ सय हलहरुमा रिलिज भएको छ। भारतमा मात्र ४७ सय हलमा रिलिज भयो। सबै गरेर फिल्म ६ हजारभन्दा धेरै हलमा रिलिज भएको छ। यो अहिलेसम्मकै सबैभन्दा धेरै हलमा रिलिज हुने बलिउडको पहिलो फिल्म बनेको छ ।

     

    झट्का :

    यो बुधवारबाट रिलिज भएको फिल्म सलमान खानको फिल्म ‘भारत’ पाइरेसीको मारमा परेको छ । बक्स अफिसमा धमाकेदार इन्ट्री गरेको यो फिल्म रिलिजकै दिन अनलाइन लीक भएको हो ।

    बक्स अफिसमा पहिलो दिन ४२ करोड ३० लाखको व्यापार गरेको यो फिल्म एक ह्याकिङका लागि बदनाम साइटले लिक गरिदिएको हो । अनलाइनमा लिक भएपछि यो फिल्मको व्यापारमा घाटा पर्ने अनुमान गरिएको छ ।

    सलमान खानले हरेक वर्ष ईदको मौका पारेर आफ्ना फिल्म रिलिज गर्ने गर्छन् । सलमानले ईदको फाइदा उठाउने गरेको बताइन्छ । उनका फिल्मले पहिलो दिन नै आक्रामक व्यापार गरेर बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast