आईतवार, भाद्र ८, २०७६
    कला-सौन्दर्य

    कपिलको शोमा फिर्ता हुनेबारे सुनिल ग्रोवरको जवाफ - भगवान भरोसा

    बिहिवार, २३ जेष्ठ २०७६, आहाखबर

    एजेन्सी, २३ जेठ ।

    हालसालै कपिल शर्माले ट्वीटमार्फत भारत फिल्मका लागि पूरै टीमका साथ सुनील ग्रोबरलाई पनि शुभकामना दिए ।

    सुनीलले कपिलललाई यसको लागि धन्यवाद दिँदै प्रतिक्रिया पनि दिएका छन् । सुनील र कपिल कहिले सँगै काम गर्छन् ? भन्दै उनीहरुका फ्यानहरुले चासो दिइरहेका छन् । तर सुनीलले भने यसलाई भगवान भरोसामा छोडिदिएका छन् ।

    एक अन्तर्वार्ताका क्रममा जब सुनील ग्रोवरलाई सोधियो कि के उनी कपिल शर्मासँग काम गर्नेछन् ? यसका जवाफमा सुनीलले दुई शब्द मात्र जवाफ दिए । त्यो हो ‘भगवाननै जानुन्’।

    यसका बाहेक सुनीलले आफ्नो भविष्यको प्रजेक्टको बारेमा कुरा गरे । सुनीलले बताए कि उनी एक राम्रो खालको टेलिभिजन कार्यक्रमको प्रतिक्षामा छन् ।

    सुनिल ग्रोवरले कपिल शर्मा शो छोडेको लगभग २ वर्ष भन्दा धेरै भयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast