कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    धर्म-संस्कृति

    विश्वशान्तिको कामना गर्दै कपनमा १२ दिने महायज्ञ

    बिहिवार, २३ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २३ जेठ । 

    निरौला बन्धु सेवा समाजले विश्व शान्तिको कामना गर्दै बूढानीलकण्ठ—१० कपनमा बाह्रदिने महायज्ञको आयोजना गरेको छ । 

    निरौला बन्धु परिसर नीलोपुलमा पितृ उद्धार गर्ने  पनि उद्देश्यले महायज्ञ आयोजना गरिएको समाजका सहसचिव सुरेश निरौलाले बताउनुभयो । “महायज्ञबाट सङ्कलित रकमबाट समाजको भवन व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो । 

    यही जेठ २१ गतेदेखि सञ्चालन भएको महायज्ञ जेठ ३२ गते सम्पन्न हुनेछ । 

    महायज्ञमा स्वामी मनमोहन (एमएम) मुरारी दास र पण्डित दयाराम (डिकप्रसाद) निरौलाले कथा वाचन गर्नुभएको छ । 

    जेठ २१ गते उद्घाटन भएको महायज्ञमा कलशयात्रा गरिएको थियो भने जेठ २२ गते मण्डपपूजा गरिएको थियो । अन्य दिन नियमित पूजापाठ र कथावाचन हुनेछ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast