सलमानको ‘भारत’ दुई सय करोड क्लबमा सामेल ! यस्तो छ ग्रस कलेक्सन #आहा खबर# प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नं २ द्वारा कर्णाली प्रदेश ९ विकेट पराजित #आहा खबर# मोदीले मन पराए नेपालको चुनावी 'मोडल', केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न प्रस्ताव ! #आहा खबर# गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर#
    बैंक-बीमा

    विश्व बैंकको प्रक्षेपण - नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशतले हुने

    बिहिवार, २३ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २३ जेठ ।

    विश्व बैंकले चालु वर्ष नेपालको आर्थतन्त्र ७.१ प्रतिशतले विस्तारित हुने प्रक्षेपण गरेको छ ।

    प्रत्येक ६ महिनामा नेपालका आर्थिक अवस्थाको चित्रणसहितको प्रतिवेदन सार्वजनिक गर्दै आएको बैंकले यो पटकको प्रतिवेदनबाट नेपालको अर्थतन्त्र  द्रुत गतिमा बढिरहेको बताएको छ ।

    ४.१ प्रतिशतको मूल्यवृध्दि हुने अनुमान गरेको बैंकले कमजोरी सरकारी खर्च, बजार संरचनामा सिन्डिकेट तथा बढ्दो ब्यापार घाटाका बाबजुद पनि उच्च वृध्दिदर कायमै हुने बैंकको प्रक्षेपण छ ।

    पर्यटक आगमनमा भएको व्यापक वृद्धि , निजी लगानीमा भएको विस्तार तथा बिजुली आपूर्ति सहज जस्ता कारणले अर्थतन्त्रले लय समातेको ठहर बैंकले गरेको छ ।

    चालु वर्ष पनि नेपालको निर्यात व्यापार सुधार नभएकाले व्यापार घाटा फराकिलो बन्दै गएपनि आयातमा उपभोग्य वस्तुको तुलनामा औद्धोगिक आयात बढेकाले सकारात्मक गतिमा अर्थतन्त्र  बढेको बैंक नेपालकी वरिष्ठ अर्थशास्त्री  केन इजमेनारीले बताइन् ।

    आयातमा उपभोग्य वस्तुको तुलनामा औद्योगिक वस्तुको आयात बढ्दा यसको लाभ अर्थतन्त्रलाई पुगेको उनको भनाइ छ ।

    सरकारी खर्च भने यो वर्ष निराशाजनक हुने बैंकको ठहर छ । वित्तिय घाटा अघिल्लो वर्षको तुलनामा न्यून हुने छ ।

    कमजोर निर्यात, अप्रतिस्पर्धी बजार तथा श्रम सहभागितामा लैंगिक असमानता नेपाली अर्थतन्त्रका कोखिम भएको बैंकका दक्षिण एसिया अर्थशास्त्री  हेन्स टिमरले बताए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast