मंगलवार, भाद्र ३१, २०७६
    खेल संसार

    विश्वकप क्रिकेट : भारतलाई पहिलो खेलमै ६ विकेटको जीत, रोहितको शतक

    बुधबार, २२ जेष्ठ २०७६, - खेल डेस्क.

    २२ जेठ । 
    भारतले जारी विश्वकपमा जीतका साथ आफ्नो खाता खोलेको छ । पहिलो खेलमा साउथ अफ्रिका बिरुद्ध उत्रिएको भारतले साउथैम्पटन बाउल स्टेडियममा खेलिएको खेलमा दक्षिण अफ्रीकालाई ६ विकेटले हराएको हो ।

    खेलमा टस जितेर पहिला ब्याटिंग रोजेको दक्षिण अफ्रीकाले कुल ५० ओभर खेल्दै ९ विकेटको क्षतीमा २२७ रन जोडेको थियो । 

    जीतका लागि २ सय २८ रनको लक्ष्य लिएर उत्रिएको भारतले ४७ दशमलव ३ ओभरमा मात्र ४ विकेटको क्षतीमा २३० रन बनाउदै जीत भेटायो । 

    इण्डियाका लागि रोहित शर्माले १० चौका र २ छक्काको मद्धतमा कुल १ सय २८ बल खर्चिदै शतक पुरा गरे । रोहितको यो २३ औं इण्टरनेशनल ओडिआई सेन्चुरी हो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast