मंगलवार, श्रावन ७, २०७६
    पर्यटक

    रसुवा नाकाबाट १ महिनामा ६ हजार ५ सय पर्यटक नेपाल प्रवेश

    बुधबार, २२ जेष्ठ २०७६, आहाखबर

    रसुवा, २२ जेठ ।

    रसुवागढी नाकाबाट मे महीनामा छ हजार पाँचसय ६७ पर्यटक नेपाल प्रवेश गरेका छन् । 

    अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार उक्त महीनामा छ हजार ५६७ पर्यटकले रसुवागढीको नाका प्रयोग गरी नेपाल चीन ओहोरदोहोर गरेको जानकारी दिए ।  

    ओहोरदोहोर गर्ने ती पर्यटकमध्ये विभिन्न देशका दुई हजार ३४० महिला रहेका थिए । यसैगरी मानसरोवर यात्राको लागि प्रवेशाज्ञा प्रणालीबाट ४३९ नेपाली र एक हजार १२८ जना भारतीय तीर्थयात्रु रसुवागढीबाट चिनियाँ भूभाग गएको बताइएको छ ।        

    यसैगरी सीमाक्षेत्रका बासिन्दाका लागि दिइने स्थायी परिचयपत्र सो अवधिमा १३२ जना रसुवालीले प्राप्त गरेका छन् भने २७७ जनाले वार्षिक नवीकरण, ३५ जनाले प्रतिलिपी लिएको अध्यागमन कार्यालयले जनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast