सोमबार, असोज ६, २०७६
    खेल संसार

    प्रधानमन्त्री कप क्रिकेट : प्रदेश ३ लाई हराउँदै आर्मी फाइनलमा

    बुधबार, २२ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २२ जेठ ।  

    प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटअन्तर्गत बुधवार भएको पहिलो सेमिफाइनलमा प्रदेश नम्बर ३ लाई ११७ रनले पराजित गर्दै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो ।

    पहिलो सिजनमा नेपाल पुलिससँग संयुक्त रुपमा विजेता बनेको आर्मी लगातार तेस्रो पटक फाइनल पुगेको हो । दोस्रो संस्करणमा भने आर्मी एपीएफसँग फाइनलमा पराजित भएको थियो ।

    आर्मीले अब उपाधिका लागि भोलि हुने नेपाल पुलिस र एपीएफबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

    आर्मीको जितमा कप्तान विनोद भण्डारी र राजु रिजालले अर्धशतक प्रहार गर्दा बलिङमा बहाब आलमले ३ विकेट लिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast