प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नं २ द्वारा कर्णाली प्रदेश ९ विकेट पराजित #आहा खबर# मोदीले मन पराए नेपालको चुनावी 'मोडल', केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न प्रस्ताव ! #आहा खबर# गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर# गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट #आहा खबर#
    धर्म-संस्कृति

    सभामुख महरा र मुख्यमन्त्रीद्वारा मुस्लिम समुदायलाई इद उलफित्रको शुभकामना

    बुधबार, २२ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २२ जेठ ।

    सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद उलफित्रका अवसरमा शुभकामना सन्देश दिनुभएको छ । 

    बुधबार जारी शुभकामना सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम समुदायको सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना (इद मुवारक) व्यक्त गर्नुभएको हो । 

    सभामुख महराले भन्नुभयो, “आत्म संयम र शुद्धिका लागि एक महीनासम्म मनाइने रमदान पर्वको रोजा (व्रत) सकिएको भोलिपल्ट खुशीयालीका साथ मनाइने यस पर्वले नेपाली–नेपालीबीच आपसी सहिष्णुता, संयम, बन्धुत्वको भावना विकास गर्दै धार्मिक–सांस्कृतिक सद्भाव र भातृत्वको विकास गर्न हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु ।”

    हाम्रो संविधानले सबै धर्म, भाषा, संस्कृति, सम्प्रदाय, जाति र भूगोलको समान अस्तित्वलाई स्वीकार गरेको र  बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय समुदाय तथा भौगोलिक विविधता हाम्रो देशका पहिचान हुन् भन्दै उहाँले हामी नेपाली विविध धर्म, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ र यही विविधताले नै विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको बताउनुभयो । सभामुख महराले यस पर्वले हामी सबैलाई धार्मिक–सांस्कृतिक सद्भाव, आपसी सहयोग र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभयो । 

     

    मुख्यमन्त्री राईद्वारा इद उलफित्रको शुभकामना

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उलफित्रको उपलक्ष्यमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । 

    आज जारी शुभकामना सन्देशमा उहाँले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने यस्ता पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र धार्मिक समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको भाव प्रवद्र्धन गर्दै ऐतिहासिक एवं मौलिक संस्कृति र परम्परा संरक्षण तथा संवद्र्धन गर्न महत्वपर्ण योगदान पुरर्याउँदै आएको  उल्लेख गर्नुभयो  ।

    हाम्रो मुलुकमा मनाइने यी र यस्ता चाडपर्वको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य भएको उहाँले उल्लेख गर्नुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast