आईतवार, असोज ५, २०७६
    मुभी-थिएटर

    ऋतिक रोशन अभिनित ‘सुपर ३०’को ट्रेलर सार्वजनिक, गरिब परिवारको कथा (भिडियो)

    बुधबार, २२ जेष्ठ २०७६, आहाखबर

    मुम्बई, एजेन्सी । 

    चर्चित बलिउड अभिनेता ऋतिक रोशनको मुख्य भूमिका रहेको  फिल्म ‘सुपर ३०’को ट्रेलर सार्वजनिक भएको छ । रोशनका यसअघिका सिनेमाहरु जस्तै यस सिनेमा पनि अहिले निकै चर्चामा छ ।

    सलमान खानको भारतपछि रोशन अभिनित यस सिनेमाबाट पनि यसबेला दर्शकले ठूलो अपेक्षा राखेका छन् । 


    गरिब परिवारको कथा

    सिनेमामा अभिनयका लागि निकै छनौट गरेर साइन गर्ने कलाकार रोशन स्टारर यस सिनेमाले मुख्यगरी गरिब परिवारको कथालाई बोकेको छ ।

    सिनेमामा गरीब र धनीबीचको खाडललाई निकै प्रभावशाली ढंगले यसका निर्देशक बिकास बहलले प्रस्तुत गर्ने जमर्को गरेका छन् । फिल्म आगामी जुलाई १२ मा रिलिज हुने छ ।

    यसअघि फिल्मका निर्देशक बिकास बहल मिटु काण्डमा मुछिएपछि फिल्मको काम रोकिएको  थियो । 

     ‘सुपर ३०’ मा ऋतिक रोशनका साथमा विरेन्द्र सक्सेना, मनुरल ठाकुर, नन्दीश शर्मा, पंकज त्रिपाठीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।  

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast