सलमानको ‘भारत’ दुई सय करोड क्लबमा सामेल ! यस्तो छ ग्रस कलेक्सन #आहा खबर# प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नं २ द्वारा कर्णाली प्रदेश ९ विकेट पराजित #आहा खबर# मोदीले मन पराए नेपालको चुनावी 'मोडल', केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न प्रस्ताव ! #आहा खबर# गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर#
    धर्म-संस्कृति

    विष्णुको रुप मानीने शालिग्रामको अस्तित्व मेटिने चिन्ता

    मंगलवार, २१ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २१ जेठ । 

    कालीनदीको डाइभर्सनले शालिग्रामको अस्तित्व हराउने चिन्ता बढेको छ । कालीनदीको वारिपारि दुई प्रदेशका सरोकार  पक्षबीच पटक पटक शालिग्रामबारे चासो राखिएको छ । कालीनदीमा आठ वर्षदेखि शालिग्रामको खोजी र अध्ययनमा लाग्नुभएका डा कुलराज चालिसेले नदीको डाइभर्सनले शालिग्रामको अस्तित्व खतरामा पर्ने बताउनुभयो । 

    हिन्दूधर्मअनुसार विष्णुको रुप शालिग्राम कालीगण्डकीमा मात्र पाइन्छ । कालीनदीको मुहान दामोदर कुण्ड मुक्तिनाथ क्षेत्रदेखि देवघाटसम्म यसको अनुसन्धान र खोजी गर्दा देवीदेवताका आकृति भएका शालिग्राम भेटिने गरेको डा चालिसेले बताउनुभयो । कालीनदीमा बढी भएको पानी अर्कै  बाटो गरेर तिनाउमा मिसाउने र कपिलवस्तु तथा रुपन्देहीका केही स्थानमा सिंचाइको प्रबन्ध मिलाउने सरकारको योजना छ । 

    कालीनदी डाइभर्सनको विरोधमा यसअघि २०७१ सालमा नदीमा करीब एक करोड  बेलपत्र चढाइएको थियो । नदी डाभर्सनको विरोधका निम्ति पाल्पाको रामपुर नगरपालिका र गण्डकी प्रदेशका जनप्रतिनिधि तथा राजनीतिक दलले छलफलसमेत गरेका थिए । गण्डकी प्रदेश घिरिङ गाउँपालिका तनहुँ, बुलिङ्टार गाउँपलिका, बौदीकाली गाउँपालिका नवलपुर, चापाकोट नगरपालिका स्याङ्जा तथा पाल्पा रामपुर नगरपालिकाका जनप्रतिनिधिले डाइभर्सन रोक्नका लागि पहल गर्ने योजना बनाएका छन् । 

    रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले हिन्दू धर्मालम्बीको महत्वपूर्ण धार्मिक आस्थाको केन्द्र मुक्तिनाथदेखि बग्दै आएको कालीनदीमा शालिग्राम पनि सँगै आउने हुनाले नदी डाइभर्सन हुँदा शालिग्राम सङ्कटमा पर्ने बताउनुभयो । नगरप्रमुख थापाले  नदी डाइभर्सनले यसक्षेत्रको जलाशय तथा बस्तीमा प्रभाव पर्ने भएकाले  डाइभर्सन रोक्न छिटै हस्ताक्षर अभियान थाल्न लागिएको जानकारी दिनुभयो ।

    रामपुरमा हालै बसेको भेलाले डाइभर्सनको विरोधमा कालीगण्डकी उपत्यका क्षेत्रका नागरिकको हस्ताक्षर सङ्कलन गर्ने, सङघ तथा प्रदेश र राष्ट्रिय योजना आयोगमा विरोधपत्र बुझाउने, दुई प्रदेशका १० स्थानीय तहलाई कालीगण्डकी उपत्यका विकास प्राधिकरण गठन गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

    कालीनदीको केही भाग पानी मात्रै तराईमा सिंचाइका लागि लगिने हुुँदा कालीगण्डकी बेंसी क्षेत्रका जनतालाई नआत्तिन पाल्पाका सङ्घीय सांसद दलबहादुर रानाले आग्रह गर्नुभयो । उहाँले कालीनदी वारिपारिका जमीन सिंचाइ गरेर ‘एक घर एक धारा’ खानेपानी सुविधा पु¥याउने योजना ल्याउनुपर्ने बताउनुभयो ।

    सांसद रानाले कालीनदी डाइभर्सन हुँदा मात्र होइन अहिलेदेखि  नै धार्मिक एवं पुरातात्विक महत्व बोकेको कालीनदीमा पाइने शालिग्रामको संरक्षणमा लाग्न नदी वारिपारिका सबै नागरिकलाई अनुरोध गर्नुभयो । कालीगण्डकीको सबै पानी तराईमा नझारिने हुनाले शालिग्राम सङ्कटमा नपर्ने सांसद रानाको धारणा छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast