मंगलवार, श्रावन ७, २०७६
    सार्क

    चीनको सीमा नजिकैबाट हराएको भारतीय वायुसेनाको विमान कहाँ पुग्यो ?

    मंगलवार, २१ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २१ जेठ ।
    चीनको सीमा नजिकैबाट हराएको भारतीय वायुसेनाको विमानको खोजी भइरहेको छ । वायुसेनाको एएन–३२ विमान चीनको सीमा नजिकैबाट सोमबार हराएको थियो । विमानको खोजी कार्य भइरहेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । 

    विमान खोजी अभियानमा विशेष अपरेशनमा प्रयोग हुने एयरक्राफ्ट सी–१३०, एएन–३२ एस, एमआई–१७ चोपर र थलसेनाका विभिन्न आधुनिक हेलिकोप्टर प्रयोग गरिएको छ ।

    चालकदलका आठ सदस्यसहित १३ जना यात्री चढेको एयर फोर्स विमान एएन ३२  सोमबार दिउँसोको १ बजेदेखि सम्पर्कमा आउन सकेको छैन ।

    भारतीय वायुसेनाको विमान आसामको झोरहाटबाट अरुणाञ्चलमा रहेको मेचुका उपत्यकाका लागि उडेको थियो । सोमबार दिउँसो सवा १२ बजे उडेको विमान एक बजेतिर सम्पर्कमा आएको थियो । त्यसपछि भने विमान सम्पर्कमा आएको छैन ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast