बिहिवार, असोज २, २०७६
    राज्य-समाज

    ओली-प्रचण्ड बैठक : ७७ वटै जिल्ला इन्चार्जमा सहमति, मंगलबार अनुमोदन

    सोमबार, २० जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, २१ जेठ । 

    प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ७७ जिल्ला इन्चार्जमा सहमति जुटेको छ । 

    सोमबार बालुवाटारमा भएको छलफलमा जिल्ला इन्चार्ज र सह इन्चार्ज टुंग्याउने सहमति भएको हो ।

    मंगलबार बस्ने सचिवालय बैठकले यो विषयलाई अनुमोदन गर्ने जनाइएको छ भने अन्य शीर्ष नेताको कार्यविभाजन बारे पनि छलफल हुनेछ । सचिवालय बैठकमा माधव नेपालको सहमति लिएर मात्र यो विषय टुंग्याउने तयारी गरिएको छ ।
    मंगलबार दिउँसो ३ बजे सचिवालय बैठक बस्दैछ ।

    ओली र प्रचण्डसँगको छलफलमा पूर्वएमालेबाट महासचिव विष्णु पौडेल र पूर्वमाओवादीबाट गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादल सहभागी थिए ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast