मंगलवार, भाद्र ३१, २०७६
    खेल संसार

    प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल समिकरण पुरा

    सोमबार, २० जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, २० जेठ

    प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनल समिकरण पुरा भएको छ।

    सोमबार भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको प्रदेश तीन विजयी भएसँगै अन्तिम चार पुग्ने सबै टोलीको टुङ्गो लागेको हो।

    समूह ‘ए’ बाट प्रदेश तीन बिजेता र एपीएफ क्लब उपविजेता तथा समूह ‘बी’ बाट नेपाल पुलिस क्लब बिजेता र त्रिभूवन आर्मी क्लब उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन्।

    अन्तिम चारमा प्रदेश तीनले आर्मी र पुलिसले एपीएफको समाना गर्नेछ। समूह चरणमा प्रदेश तीन र एपीएफको समान समान ६ अंक भएपनि नेट रनरेटमा पारसको टोली अगाढी रहेको हो।

    वर्षाको कारण एक खेलमा अंक बाँड्न बाध्य बनेको प्रदेश –५ पाँच अंक अङ्क जाेडेपनि अगाडि बढ्न सकेन।

    सोमबार भएको खेलमा प्रदेश –३ ले सुदूरपश्चिमलाई ६ विकेटले हराएपछि प्रदेश –५ अगाडी बढ्ने सम्भावन सकिएको थिए।

    सोमबारै भएको अर्को खेलमा प्रदेश –५ ले गण्डकीलाई पराजित गरेको थियो।

    प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार प्रदेश –३ र आर्मी भिड्दै छन्। दोस्रो सेमिफाइनल बिहीबार हुनेछ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast