शनिबार, कार्तिक ३०, २०७६
    सार्क

    सुव्रमण्यम जयशंकरको कार्यकालमा नेपाल–भारत सम्बन्ध कस्तो रहला ?

    सोमबार, २० जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, २० वैशाख

    भारतमा डा. सुव्रमण्यम जयशंकर विदेशमन्त्री बनेर धेरैलाई चकित पारेका थिए । सरकारी सेवामा रहेर राजदूत हुँदै विदेश सचिव बनेर सेवानिवृत्त बनेका जयशंकरलाई मोदीले महत्वपूर्ण जिम्मेवारी दिंदा नेपालमा भने त्रासको विषय उठ्यो ।

    २०७२ सालमा नेपालमा संविधान जारी गर्दा जयशंकर भारतको विदेशसचिव थिए । उनी भारतीय प्रधानमन्त्री मोदीको विशेष दूत भएर नेपालसँग संविधान जारीमा केही ढिलाई गर्न भन्न आएका थिए । तर, नेताहरुले दबाबका बाबजुद संविधान जारी गरेपछि नाकाबन्दी भयो ।

    नाकाबन्दीको घटनालाई जयशंकरको नेपाल भ्रमण र भारतसँगको केही असमझदारीलाई मुख्य कारण मानियो । त्यसपछि दुई देशबीचको सम्बन्धमा चिसोपन आयो । जयशंकर विदेश सचिव हुँदा भएको उक्त घटनाका कारण विदेशमन्त्री बनेका उनको कार्यकालमा नेपालसँग भारतको सम्बन्ध सामान्य नहुने विषय जोडतोडका साथ उठेको छ ।

     

    कस्तो होला सम्बन्ध

    जयशंकर चतुर कुटनीतिज्ञ हुन् भनी प्रमाणित गरिसके । भारतको चीन र अमेरिकासँगको सम्बन्ध सुदृढ बनाउन उनले मुख्य भूमिका खेलेका थिए । अमेरिकासँगको आणविक सम्झौता देखि चीनसँग दोक्लाम विवाद समाधानमा जयशंकर मुख्य रणनीतिकार बने ।

    कुटनीतिमा विशेष दख्खल राख्ने उनले भारतको छिमेकलाई प्राथमिकतामा राख्ने नीतिलाई निरन्तरता दिने देखिएको छ । मोदी सरकारले बिम्स्टेक राष्ट्रका नेताहरुलाई सपथमा निम्तो गरेर यस्तो सन्देश दिइसकेको छ । जयशंकरले मोदीको नीतिलाई अगाडि बढाउने छन् ।

    जयशंकरले विगतका घटनाबाट पाठ सिकेर सुन्दर भविष्य निर्माण गर्ने विषयलाई प्राथमिकतामा राख्न सक्छन् । भारतको विदेश मन्त्रालयले स्पष्ट रुपमा अब विगतमा रुमल्लिएर नभई भविष्य उज्ववल बनाउनेतर्फ नेपाल भारत सम्बन्ध अगाडि बढ्न्पर्ने विषय सार्वजनिक गरिसकेको छ । 

    यसकारण पनि जयशंकरले विगतमा भन्दा भविष्यमा ध्यान दिएर दुई देशको सम्बन्धलाई सुमधुर र प्रगाढ बनाउनेतर्फ सक्रियता देखाउन सक्छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast