परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर# गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट #आहा खबर# नगद लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या, अभियुक्तको खोजी शुरु #आहा खबर# ३३ करोडको लागतमा बन्ने भयो जाजरकोटमा आधुनिक अस्पताल #आहा खबर# नरैनापुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखि शुरु #आहा खबर#
    धर्म-संस्कृति

    गोसाइँकुण्ड मेला मङ्गलबारदेखि सुरु, पैदलमार्गमा सफाइ र स्वास्थ्य शिविरको व्यवस्था

    सोमबार, २० जेष्ठ २०७६, आहाखबर
    रसुवा, २० जेठ ।
     
    गङ्गादशहरा पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्डमा मेला व्यवस्थित गर्न सबै तयारी पूरा गरिएको छ । गोाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार धुञ्चेदेखि गोसाइँकुण्डसम्मको पैदलमार्गमा सफाइ र स्वास्थ्य शिविरको व्यवस्था मिलाइएको छ ।
     
    सो पर्वको अवसरमा पाँच हजार भन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमानका साथ यथेष्ठ भोजन र बासको व्यवस्था मिलाउन धार्मिक मार्गका होटल व्यवसायीलाई आग्रह गरिसकिएको बताइएको छ ।
     
    यसवर्ष गङ्गादशहरा मेला यही जेठ २१ गतेदेखि २९ गतेसम्म चल्ने र दशयोग जोडिएको दिनलाई दशहरा पर्व मानिएकाले गोसाइँकुण्डमा स्नान गर्दा अञ्जानमा भएका सबै पापबाट मोक्ष मिल्ने स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो । 
        
     उक्त पर्वका अवसरमा गोसाइँकुण्ड जाने भक्तजनका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकिएको बताउँदै प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले नेपाली सेना र स्वास्थ्य कार्यालयको समन्वयमा ठाउँ ठाउँमा स्वास्थ्य शिविर राखिने जानकारी दिनुभयो । 
            
    काठमाडौँदेखि धुञ्चेसम्म आठ घण्टा मोटरमा र त्यसपछि पैदलयात्रा शुरु हुने धार्मिक पदमार्गमा सुसाउँदै झरेकी त्रिशूली नदी, उकाली  भञ्ज्याङ चौतारीे, चन्दनबारी र आधार इलाकामा  भेटिने चौरीगाई, विविध वनस्पति र लौरीबिनायक टापुबाट देखिने पश्चिम क्षेत्रको अल्का हिमालले भक्तजनलाई मनमोहक बनाउँछ  ।       
     
     समुद्र मन्थन गर्दा निस्केको कालकूट विषपानका कारण छटपटाउनुभएका भगवान शङ्करले  शीतल स्थानको खोजीमा  निलाद्री पर्वत पुगेर त्रिशूलले हानी जल उत्पन्न गराई त्यहीँ जल समाधिमा बस्नुुभएको थियो । 
     
    जीवनमा एक पटक गोसाइँकुण्ड पुग्नैपर्ने मान्यता रहेकाले पनि यही  जेठ २१ गते देखि २९ गतेसम्म आयोजना हुने मेलामा पाँच हजार भन्दाबढी भक्तजन आउने अनुमान गरिएको समितिका अध्यक्ष डिएमले बताउनुभयो ।
            
    मेला भर्न आउने भक्तजनले चिताएको पुग्ने, घरपरिवारमा सुख हुने, सन्तानको चाहना पूरा हुने र रोग नलाग्ने  विश्वासका साथ यहाँ वर्षेनी भक्तजनको भिड लाग्ने गरेको पूरोहित ढकालको भनाइ थियोे ।
     
    समुद्र सतहदेखि १४ हजार १००  फिटको उचाइमा अवस्थित यो पवित्रतीर्थस्थल बौद्ध तथा तथा हिन्दू दुबैको साझा धार्मिक थलो भएकाले लामा झाँक्रीको बाजागाजा र स्थानीय वेशभूषाले यो पर्वलाई झन रौनक बढाएको पाइन्छ । 
     
    पर्वका अवसरमा कुण्ड पुग्ने भक्तजनले आप्mना दिवङ्गत पित्रीको सम्झनामा श्राद्ध तथा तर्पण गर्नाले उनीहरु स्वर्गवास हुने मान्यता रहिआएको छ । गोसाइँकुण्ड जान घरबाट निस्केका तर उकालो चड्न नसक्ने भक्तजनका लागि धुञ्चेबजारभन्दा पूर्व त्रिशूली नदी किनारमा सानो गोसाइँकुण्ड निर्माण गरिएकाले त्यही स्नान गरेर पनि मनोकाक्षा पूरा गर्न सक्छन् ।
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast