आईतवार, असोज ५, २०७६
    मुभी-थिएटर

    ‘मारुनी’ को फस्टलुक पोष्टर सार्वजनिक, रोमान्टिक अवतारमा देखिए साम्राज्ञी र पुष्प

    सोमबार, २० जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २० जेठ

    साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का अभिनित सिनेमा ‘मारुनी’का दुई पोस्टरहरू सार्वजनिक गरिएका छन्। दुबै पोस्टरमा पुष्प र साम्राज्ञीलाई प्रेमिल अवतारमा देख्न सकिन्छ।

    सिनेमाका निर्देशक नवल नेपाल हुन्। सिनेमामा पुष्प र साम्राज्ञीका अलावा रेविका गुरूङको पनि मूख्य अभिनय रहेको छ। गुरूङ्को यो डेब्यू सिनेमा हो।

    संजय लामाको छायाँकन रहेको सिनेमामा अर्जुन पोखरेल, दीपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत रहेको छ ।

    सिनेमालाई पुनम गौतमले निर्माण गरेकी हुन्।यो फिल्मले दर्शकको मन छुने निर्मात्री गौतमले बताइएकी छन् । खबर अनुसार फिल्ममा थुप्रै ट्विस्टहरू छन् । फिल्म भदौ १३ गतेबाट प्रदर्शनमा आउदैछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast