कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    खेल संसार

    दोस्रो अन्नपूर्ण म्याराथनको उपाधि खगेन्द्र भाटलाई

    सोमबार, २० जेष्ठ २०७६, आहाखबर
    पोखरा, २० जेठ ।
     
    दोस्रो अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवअन्तर्गतको अन्नपूर्ण म्याराथनको उपाधि खगेन्द्र भाटले प्राप्त गर्नुभएको छ । अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरी चार घण्टा छ मिनेट ५३ सेकेण्डमा पार गर्दै उहाँले उपाधि जित्नुभएको हो ।
     
    त्यस्तै हरिकुमार रिमालले उक्त दूरी चार घण्टा १४ मिनेट ४० सेकेन्डमा पार गर्दै द्वितीय स्थान हासिल गर्नुभएको छ । त्यस्तै गोपाल तामाङले चार घण्टा २२ मिनेट २९ सेकेण्डमा उक्त दूरी पार गरी तेस्रो बन्नुभएको छ । 
     
    समुद्री सतहबाट चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट शुरु म्याराथन माछापुच्छे« आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाडापानी र भैँसीखर्क हुँदै घान्द्रुकमा समापन भएको हो ।
     
    म्याराथनमा प्रथम हुने धावकले रु एक लाख पाँच हजार, दोस्रोले ७५ हजार र तेस्रो हुनेले रु ५५ हजार नगद प्रमाणपत्र प्राप्त गर्नेछन् । धावकलाई युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुहुनेछ ।
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast