सोमबार, असोज ६, २०७६
    खेल संसार

    शकिब अल हसन सबैभन्दा तेज क्रिकेटरः २५० विकेट र ५ हजार रन पूरा

    सोमबार, २० जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २० जेठ । 
    बंगलादेशका अलराउण्डर खेलाडी शकिब अल हसन सबैभन्दा तेज क्रिकेटर बन्दै एकदिवसीय क्रिकेटमा २ सय ५० विकेट र ५ हजार रन पूरा गरेका छन् । 

    ३२ वर्षीय हसनले आफ्नो २५० औँ विकेटमा आइतबार साउथ अफ्रिकाका ओपनर ब्याट्सम्यान एडन मरक्रमलाई आउट गर्न पुगेका थिए ।  

    सकिबले अहिलेसम्म १९९ एकदिवसीय खेल खेल्दै यो रेकर्ड बनाएका हुन् ।  

    यसअघि सनथ जयसुरियले ३०४ म्याच खेल्दै यो रेकर्ड हात पारेका थिए । यस्तै शहिद अफ्रिदीले २७३, ज्याकी कालिसले २९६ र अब्दुल रज्जाकले २३४ म्याचमा यस्तो रेकर्ड बनाएका थिए । 

    आइतबारको खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले हराएको थियो । प्रतियोगितामा हसन म्यान अफ दी म्याच घोषित भएका थिए । 

    हसनले अहिलेसम्म ४० अर्धसतक र सात सतक पूरा गर्दै ५ हजार ७ सय ९२ रन बनाएका छन् । आइतबार दक्षिण अफ्रिकासँगको खेलमा हसन र मुस्फिकर रहिमले १ सय ४२ रनको उत्कृष्ट साझेदारी गरेका थिए । त्यसमा हसनले व्यक्तिगततर्फ ७५ रनको योगदान दिएका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast