विभागका महादिर्नेशकसहित १३ विरुद्ध मुद्दा दायर, २४ करोड ८० लाख ९५ हजार हिनामिना #आहा खबर# रसुवागढी सुरुङ मार्गमा सुख्खा पहिरो, १५ कामदार थुनिए, आफैं बाहिर आउन सक्ने अवस्था छैन #आहा खबर# प्रहरीसँगको भिडन्तमा मारिएका 'विप्लव नेता' कुमार पौडेल को हुन् ? #आहा खबर# जापानमा ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट हुँदै #आहा खबर# किन आउँछ बारम्बार अमिलो डकार ? यस्तो छ कारण #आहा खबर# विश्वकप क्रिकेट : डेभिड वार्नरको सानदार 'कमब्याक', विश्वकपमा कीर्तिमानी ब्याटिङ #आहा खबर# ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार #आहा खबर# सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान #आहा खबर# अलपत्र परेको मेलम्चीको काम पुनःशुरु, ‘भेन्टिलेसन साफ्ट’को काम हुँदै #आहा खबर# न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा #आहा खबर# १० महिनामा ५५ अर्बको शेयर सूचीकृत, पुनरकर्जाको उपयोग बढ्यो, नेप्सेमा ६ अङ्कको बृद्धि #आहा खबर# विभिन्न शीर्षकमाथि विनियोजन विधेयकमा खर्च कटौतीका ५ प्रस्ताव #आहा खबर# इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि #आहा खबर# सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते #आहा खबर# संवेदनशील पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने #आहा खबर#
    खेल संसार

    प्रधानमन्त्री कप क्रिकेट : साविक विजेता एपीएफको पहिलो हार

    आईतवार, १९ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, १९ जेठ

    एपीएफले तेस्रो प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा पहिलो हार बेहोरेको छ।

    मुलपानी क्रिकेट मैदानमा आइतवार समूह ए अन्तर्गत भएको खेलमा एपीएफलाई प्रदेश नम्बर ५ ले डिएल मेथडमा ३ विकेटले पराजित गरेको हो।

    यसअघि लगातार तीन खेल जितेको एपीएफ समूह को अन्तिम खेल हारेपनि सेमिफाइनल पुगिसकेको छ। पहिलो जित हात पारेको प्रदेश ५ ले भने ३ खेलबाट ३ अंक जोडेको छ र सेमिफाइनल पुग्ने सम्भावना काम राखेको छ।

    समूह ए मा प्रदेश ३ ले ३ खेलबाट ४ अंक जोडेको छ। अब प्रदेश ३ ले सुदूरपश्चिम र प्रदेश ५ ले गण्डकी प्रदेशसँग खेल्न बाँकी छ।

    दुवै खेल सोमवार हुनेछ। यदी प्रदेश ३ ले खेल जितेमा अर्को खेलको नतिजा जे भएपनि प्रदेश ३ सेमिफाइनल पुग्नेछन। प्रदेश ५ ले आफ्नो खेल जितेमा र प्रदेश ३ पराजित भएमा प्रदेश ५ सेमिफाइनल पुग्नेछ।

    मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले प्रदिप ऐरीको अर्धशतक मद्दतमा ४९.ओभरमा सबै विकेट गुमाएर १८४ रन बनाएको थियो। प्रदिपले नटआउट ७७ रन बनाएपनि अन्य खेलाडीले गतिलो साथ नदिँदा एपीएफले धेरै रन बनाउन सकेन।

    सन्दिप जोराले २२ रन योगदान गरे।

    बलिङमा प्रदेश ५ का कप्तान कृष्ण कार्कीले ३ र सन्दिप सनारले २ विकेट लिए। कृष्णले ८.४ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चे।

    प्रदेश ५ ले १८५ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरिरँदा वर्षा भएपछि खेल केही बेर रोकिएको थियो। त्यसपछि प्रदेश ५ ले ३२ ओभरमा जितका लागि १४२ रनको नयाँ लक्ष्य पाएको थियो।

    ६.३ ओभरमा प्रदेश ५ ले २४ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो। त्यसपछि प्राप्त नयाँ लक्ष्य प्रदेश ५ ले २९.५ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो।

    प्रदेश ५ लाई पहिलो जित दिलाउने क्रममा प्रनित थापा मगरले नटआउट ३० रन बनाए। यस्तै सुरज दारईले २९  र सुबेन्दु पाण्डेले २० रन योगदान गरे। एपीएफका लागि अमर सिंह राउटेलाले २ विकेट लिए।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast