मंगलवार, श्रावन ७, २०७६
    ओएमजी Omg!

    कुर्सीबाट लडेपछि सांसदको गुहार : सभामुख महोदय ज्यान जोगाइ पाउँ

    आईतवार, १९ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, १९ जेठ ।  

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद खगराज अधिकारीले प्रतिनिधिसभामा  कुर्सीबाट लडेको भन्दै ज्यान जोगाइ दिन सभामुखको ध्यानाकर्षण गराएका छन् ।

    'म चार पटक भयो यहाँबाट लडेको', अधिकारीले कुर्सीको सिट देखाउँदै भने, 'अहिलेसम्म दुर्घटना भएको छैन, बाँचिएको छ। कति पटक भन्नुपर्ने हो, संसद सचिवालयलाई ?’

    उनले संसदबाट त्यस्ता कुर्सी हटाउन माग गरे ।

    'आगामी दिनमा यस्तो कुर्सी नराखियोस्', उनले भने, 'धराप भयो। ज्यान जोगाइ पाउँ भन्ने अवस्था आयो ।’

    अधिकारीको ध्यानाकर्षणपछि प्रतिनिधिसभामा हाँसो फैलियो ।

    लगत्तै सभामुखले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast