मंगलवार, भाद्र ३१, २०७६
    मुभी-थिएटर

    बलिउड नायिका करिना कपुर खानको टेलिभिजनमा डेब्यू, डिमाण्ड भने यस्तो

    आईतवार, १९ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १९ जेठ

    तैमुर अली खानलाई जन्म दिएपछि झनै चर्चामा रहेकी बलिउड नायिका करिना कपुर खानको हातमा चलचित्रको अभाव छैन । बलिउडमा उनको डिमाण्ड पनि घटेको छैन । 

    उनै, करिना कपुर खानले एक रियालिटी शोबाट टेलिभिजनमा डेब्यू गर्दैछिन् । उनी ‘डान्स इन्डिया डानस’को निर्णायकको रुपमा टेलिभिजनमा डेब्यू गर्न लागेकी छिन् ।

    तर, यो शोका लागि करिनाको डिमाण्ड कम छैन । उनले, यो शोमा निर्णायक भएवापत चर्को पारिश्रमिक लिएकी छिन् । करिना भन्छिन्–‘यस्तो रियालिटी शोमा निर्णायक बन्ने नायकहरुले चर्को पारिश्रमिक लिदा हामी नायिकाहरुले किन लिन हुँदैन ?’

    करिनाको शर्त यत्तीमा मात्र सिमित छैन । उनले, यो शोका लागि ८ घन्टा भन्दा बढी समय दिन नसक्ने पनि स्पष्ट पारेकी छिन् । करिनाले ८ घन्टामा शोको छायांकन सकेर आफू छोराका लागि घर जानुपर्ने भन्दै त्यो भन्दा बढी समय दिन नसक्ने पनि स्पष्ट पारेकी छिन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast