मंगलवार, भाद्र ३१, २०७६
    खेल संसार

    लिभरपुलले जित्यो च्याम्पियन्स लिग फुटबलको उपाधि

    आईतवार, १९ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १९ जेठ ।
    लिभरपुलले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । छैठौं पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने क्रममा लिभरपुलले शनिबारराति टट्नहाम हट्सपरलाई २–० गोलले हरायो । 

    खेलको दोस्रो मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै मोहमद सलाहले लिभरपुललाई अग्रता दिलाएका थिए । 

    मोउसा सिसिकोले डिबक्स भित्र हेन्ड गरेपछि पाएको पेनाल्टीको अवसरलाई सलाहले गोलमा परिणत गरेका थिए ।  

    च्याम्पियन्स लिग फाइनलमा छिट्टो गोल गर्ने सालाह दोस्रो फुटबलर बनेका छन् । यसअघि सन् २००५ को फाइनलमा एसी मिलानका पाउलो माल्दिनीले लिभरपुलविरुद्ध ५० सेकेण्डमै गोल गरेका थिए ।

    दोस्रो हाफमा मैदान छिरेका डिभोग ओरिगीले ८७ औं मिनेटमा गोल गरेपछि लिभरपुल २–० ले विजयी भयो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast