मंगलवार, श्रावन ७, २०७६
    सार्क

    भारतीय कंग्रेसले प्रतिपक्षीको स्थान नपाउनुको कारण यस्तो छ ...

    शनिबार, १८ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १८ जेठ

    भारतीय कांग्रेसले यस पटकको चुनावमा नसोचेको पराजत भोग्यो । लोकसभामा उसको जम्मा ५२ सांसद मात्र छन् ।

    ५२ लोकसभा सांसद भएपनि यो पटक पनि काँग्रेसले संसदमा प्रतिपक्षको स्थान पाउनेछैन । भारतीय संविधानअनुसार प्रतिपक्षको भूमिका पाउनका लागि पार्टीसँग कुल संसदीय सिटको १० प्रतिशत सांसद आवश्यक हुन्छ ।

    लोकसभामा कुल ५४३ सिट रहेको छ र प्रतिपक्षको भूमिका पाउनका लागि उसको ३ सिट कम भएको छ । लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीका नेतृत्वमा रहेको एनडीए गठबन्धनलाई ठूलो जित प्राप्त भएको थियो ।

    भाजपाले एक्लै ३०३ सिट जितेको थियो । अन्य सहयोगी दलको साथले यो जित अझै प्रचण्ड बनेको थियो । एनडीएको लोकसभामा कुल ३ सय ५३ सिट रहेको छ भने काँग्रेसको नेतृत्वमा रहेको युपीएको ९२ सिट रहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast