मंगलवार, भाद्र ३१, २०७६
    खेल संसार

    विश्वकप क्रिकेट: श्रीलंकाको लज्जास्पद हार, न्युजिल्यान्डसामू निरिह

    शनिबार, १८ जेष्ठ २०७६, आहाखबर

    एजेन्सी, १८ जेठ

    गएकाे संस्करणको उपविजेता न्यूजिल्याण्डले इंग्ल्याण्डमा जारी आईसीसी विश्वकपको पहिलो खेलमा जित हात पारेको छ । 

    शनिबार भएकाे पहिलाे खेेलमा न्यूजिल्याण्डले श्रीलंकालाई १० विकेटले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका २९ ओभर २ बलमा १३६ रन बनाउँदा अलआउट भयो । उसका लागि दिमुथ करुणारत्नेले अर्धशतक पार गर्दै ५२ रन बनाए भने कुशल परेराले २९ तथा थिसरा परेराले २७ रन बनाउँदा अन्य खेलाडीले १० रन पनि जोड्न सकेनन् ।

    श्रीलंकाको इनिङलाई धरासायी बनाउनका लागि म्याट हेनरी र लकी फर्गुसनले ३–३ विकेट लिए । 

    १३७ रनको कमजोर लक्ष्य न्यूजिल्याण्डले विना कुनै विकेटको क्षतिमा ३४ ओभर १ बलमा पूरा गर्‍यो । न्यूजिल्याण्डका लागि मार्टिन गप्टिलले ७३ रन बनाए भने कलिन मन्रोले ५८ रन जोडे ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast