आईतवार, असोज ५, २०७६
    मुभी-थिएटर

    उपत्यका बाहिर पनि लागू भयो बक्स अफिस, साउनसम्म देशैभर सुचारु गर्ने !

    शनिबार, १८ जेष्ठ २०७६, आहाखबर

    सर्लाही, १८ जेठ

    उपत्यकामा बक्स अफिस प्रणाली सुरु भएको एक वर्ष भएको छ। यही बीचमा चलचित्र विकास बोर्डले काठमाडौं उपत्यका बाहिर पनि बक्स अफिस प्रणाली सुचारु गरेको छ।  

    आगामी साउनसम्म देशैभर बक्स अफिस सुचारु गर्ने नीति अनुसार सर्लाही जिल्लाको लालबन्दीमा रहेको विणा चलचित्र मन्दिरबाट बक्स अफिसको औपचारिक उद्घाटन गरेको हो।

    नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अनलाइन टिकेटिङ्ग प्रिन्ट गर्दै  मोफसलमा बक्स अफिसको औपचारिक उद्घाटन गरेका हुन्।

    ललबन्दीको विणा हलसँगै सर्लाही, महोत्तरी, पर्सासहित प्रदेश २ का १० वटा हलमा बक्स अफिस सुचारु गरेको छ। बक्स अफिस सुरु भएसँगै बक्स अफिसको सबै रिपोर्ट अनलाइनमै पाउन सकिने भएको छ। 

    यो क्रमलाई ७ वटै प्रदेशमा साउन १ सम्म  सुरु गरिसक्ने कार्यक्रमका सभापति तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी दिए। 

    बक्स अफिस प्रणाली सुरु गरेको काठमाडौंका हललाई पनि साउन १ गते भित्र अनलाइनमा डाटा पठाउन बोर्डका अध्यक्ष केशव भट्टराईले आग्रह गरेका छन्। चारमन्त्री बाँस्कोटाले काठमाडौं मै अत्याधुनिक इन्डोर फिल्म सुटिङ स्टुडियो निर्माणमा बोर्ड लाग्न पनि अनुरोध गरे।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast