बिहिवार, असोज २, २०७६
    कला-सौन्दर्य

    'गलबन्दी' गीतकी लजालु मोडल अन्जली अधिकारीको हट अवतार ! (फोटोफिचर)

    शनिबार, १८ जेष्ठ २०७६, केवल प्रसाद सापकोटा.

    काठमाडौँ, १८ जेठ

    युट्युबमा सार्वजनिक भएको गलबन्दी बोलको गीत छोटो समयमा नै धेरै हिट भएको छ । गीतमा गायक तथा मोडल प्रकाश सपुत र अञ्जली अधिकारी मुख्य भूमिकामा देखिएका छन् । 

    गितले त हिट भइसकेकै छ तर यस गितमा अभिनय गरेकी मोडलको चर्चा अझ धेरै हुन थालेको छ । गितमा उनको लजालु स्वाभाव भएकी गाउले युवतीको अभिनयले धेरैलाई मोहित बनाएको छ ।

    यी मोडल हुन् अन्जली अधिकारी । भिडियोमा प्रकाश सपुतको चञ्चलता र अञ्जलीको लजालु अभिनयलाई दर्शकहरुले प्रशंसा गरेका छन् ।

     

    अञ्जलीको जिवनगाथा !

    सानैदेखि नृत्यमा सौखिन बर्दियाकी अञ्जलीले आफ्नो सपना पूरा गर्न एसएलसीपछि घरबाट भागेर काठमाडौं आएकी थिइन् । उनलाई गायक बद्री पंगेनलीले एउटा दोहोरी साँझमा नृत्यांगनाको रुपमा काम दिलाएका थिए ।

    दोहोरी साँझमा नृत्य गरेर व्यवसायिक कलाकारिता सुरु गरेकी अञ्जलीले अहिलेसम्म २ सयभन्दा बढी म्युजिक भिडियोमा खेलिसकेकी छन् ।

    गत वर्ष आएको प्रकाश सपुतकै ‘बोल माया’ गीतको भिडियोले उनलाई ख्याती दिलाएको हो । सुन्दरता र अभिनयको संगमले उनलाई सफलताको उचाइमा पुर्‍याइरहेको छ ।

    ‘गलवन्दी‘ मा निक्कै लजालु र सोझी गाउले युवतीको भूमिकामा देखिएकी अन्जली वास्तवमा यस्तो हट र टिपटप छिन भनेर धेरैलाई थाहा नहुन सक्छ । 

    बोल माया गीतकै टिम रहेको सो गीतमा मौलिक र निकै उत्कृष्ट रुपमा माया प्रेमलाई विषय बनाइएको छ ।

    गीतमा शब्द संगित र स्वर गायक प्रकाश सपुतको रहेको छ भने उनलाई स्वरमा गायिका शान्ति श्री परियारले साथ दिएकी छिन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast