शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    मोदीको सपथ कार्यक्रममा सहभागीभई फर्किए प्रधानमन्त्री ओली, पत्रकारसँग भेटघाट गरेनन्

    शुक्रबार, १७ जेष्ठ २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौ, १७ जेठ ।

    बिहीबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि काठमाडौं आइपुगेका छन् ।

    ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलसहितका उच्च सरकारी अधिकारी पुगेका थिए ।  

    मोदीले दोस्रो कार्यकालको सपथ लिएर ५८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरिसकेका छन्। दिल्लीमा रहँदा ओलीले शुक्रबार दिउँसो करिब आधा घण्टा समकक्षी मोदीसँग भेटवार्ता गरेका छन् ।  

    त्यसक्रममा उनले मोदीलाई रुद्राक्षको माला उपहार दिँदै नेपाल भ्रमणका लागि बोलाएका छन् । 

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारका अनुसार दुई नेताबीचको भेटमा सदियौँदेखि देश र जनताबीचको सम्बन्धलाई अझै मजबुत बनाउन सहमति भएको छ ।  

    प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्रसचिव शंकरदास बैरागी र परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख यज्ञ हमाल दिल्लीतर्फ गएका थिए । 

    प्रधानमन्त्री केपी शर्मा ओली समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा भाग लिन गएका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast