शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    अब कांग्रेस र कम्युनिष्ट ब्राण्डका पार्टीले विश्राम लिनुपर्छ : बाबुराम भट्टराई

    शुक्रबार, १७ जेष्ठ २०७६, आहाखबर
    फाइल फोटो

    भैरहवा, १७ जेठ । 

    समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले अब कम्युनिस्ट र कांग्रेसले राजनीतिबाट विश्राम लिनुपर्ने बताएका छन् ।  

    शुक्रबार भैरहवामा आयोजित प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रलाई सम्बोधन गर्नुपूर्व पार्टीले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन् ।  

    ‘मुलुकमा दुई तिहाइको कम्युनिस्ट सरकार भएपनि जनतालाई केही दिन सकेन’, उनले भने, ‘यसैकारणले हाम्रो पार्टी संघीयता, सुशासन, सम्बृद्धि र समाजवादलाई लिएर वैकल्पिक शक्तिको रुपमा आएको हो ।’ ‘अब कांग्रेस र कम्युनिस्ट ब्राण्डका पार्टीले मुलुकका लागि केही गर्न सकदैनन’, बाबुरामले भने, ‘अब यी पार्टीले विश्राम लिनुपर्छ ।’  

    बाबुरामले सरकारबाट मुलुक अगाडि बढ्न नसकेको उल्लेख गर्दै दुई तिहाई सरकारले ल्याएको दुई वटा बजेटबाट आमुल परिवर्तन, आर्थिक सामाजिक रुपान्तरण तथा औद्योगिक क्रान्ति सफल हुन नसक्ने दाबी गरे ।

    एकपछि अर्को गर्दै भ्रष्टाचारको सीमा नाघेकाले मुलुकमा कुनै पनि ढंगले सुशासन कायम हुन नसकेको उनको भनाइ छ । बुढीगण्डकी, बाइडबडी, ललितानिवास जग्गा जस्ता काण्डले पनि त्यसको पुष्टी गरेको उनको भनाइ छ । जनताले न्यायको अनभूति  गर्न नसकेको आरोपसमेत उनको छ ।

    प्रशासनिक पुर्नसंरचना नहुदाँसम्म जनताले संघीयताको प्रत्याभूति गर्न नसकेको बताउँदै उनले संघीयता कमजोर बनाउन सरकारले संविधान विपरीत प्रदेश र स्थानीय सरकारको अधिकारसमेत खोसेर केन्द्रिकरण गरेको आरोप लगाए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast