बिहिवार, असोज २, २०७६
    सार्क

    मोदी मन्त्रिमण्डल कार्यभार : एस जयशंकर बने नयाँ विदेश मन्त्री, गृहको जिम्मा अमित शाहलाई

    शुक्रबार, १७ जेष्ठ २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौँ, १७ जेठ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नानिकट सहयोगी अमित शाहलाई गृहमन्त्री बनाएका छन् । त्यसैगरी पूर्वविदेश सचिव एस जयशंकरलाई मोदीले परराष्ट्र मन्त्री बनाएका छन् । 

    पूर्व गृहमन्त्री राजनाथ सिंहलाई रक्षा मन्त्रालयको जिम्मेबारी दिइएको छ ।

    राजनीतिक वृतलाई अचम्ममा पार्दै मन्त्रीका रुपमा सामेल गरिएका एक मात्र गैर सांसद तथा पूर्व विदेश सचिव एस जयशंकर मोदी सरकारका विदेश मन्त्री बनेका छन् ।

    नेपालमा संविधान जारी हुनुभन्दा दुई दिन अघि मात्र विदेश सचिवका रुपमा आई संविधान तत्काल जारी नगर्न सन्देश दिएका जयशंकरलाई खास गरी त्यस बेलाको सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेससँगै तत्कालीन एमाले र माओवादीले एक ‘हस्तक्षेपकारी’ व्यक्तिका रुपमा प्रस्तुत गर्दै आएका छन् ।

    जयशंकरको आग्रहलाई उपेक्षा गर्दै शुसिल कोइरालाको नेतृत्वको सरकार र दोस्रो संविधान सभाले संविधान जारी गरेको दुई सातामा नै पूर्व राजनीतिक सहमति अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका थिए ।

    उनको कार्यकालको प्रारम्भिक पाँच महिनासम्म नेपालले संविधान जारीगरेवापत भारतको आर्थिक नाकान्दीको सामना मात्रै गरेन, भारत नेपाल सम्बन्धमा अभूतपूर्व रुपमा गिरावट पनि आएको थियो ।

    संयोग विदेशमन्त्रीका रुपमा जयशंकरको नियुक्तिका अवसरमा उनका सबैभन्दा बढी आलोचक केपी शर्मा ओली प्रधानमन्त्री मोदीका अतिथिका रुपमा शपथ ग्रहण समारोहमा उपस्थित थिए ।

    कसलाई कुन मन्त्रालय ? 

    निर्मला सीतारमण : वित्त मन्त्री 

    हर्षवर्धन : स्वास्थ्य मन्त्री  विज्ञान एवम् प्रविधि मन्त्री, पृथ्वी विज्ञान मन्त्री 

    नितिन गडकरी : सडक परिवहन मन्त्री 

    स्मृति ईरानी : महिला एवम् बाल विकास मन्त्री 

    एस जयशंकर : विदेश मन्त्रालय 

    पियुष गोयल : रेल मन्त्रालय एव वाणिज्य मन्त्रालय 

    धर्मेन्द्र प्रधान : पेट्रोलियम मन्त्रालय, इस्पात मन्त्री 

    राजनाथ सिंह : रक्षा मन्त्री 

    रविशंकर प्रसाद : कानुन मन्त्री 

    नरेन्द्र सिंह तोमर : कृषि मन्त्री 

    डी सदानन्द गौडा : रसायन एवम् उर्वरक मन्त्रालय 

    मुख्तार अब्बास नकवी : अल्पसंख्यक मामिला मन्त्री 

    महेन्द्र नाथ पान्डेय : कौशल विकास मन्त्रालय 

    रामविलास पासवान : खाद्य एवम् आपूर्ति मन्त्री 

    हरसिमरत कौर बादल : खाद्य प्रसंस्करण उद्योग मन्त्री 

    थावर चन्द गहलोत : सामाजिक न्याय र अधिकारिता मन्त्री 

    अर्जुन मुन्डा : जनजातीय मामिला मन्त्री 

    प्रकाश जावडेकर : सूचना एव प्रसारण मन्त्री, पर्यावरण मन्त्री 

    प्रलहाद जोशी : संसदीय मामिला मन्त्री, कोइला मन्त्री एवम् उत्खनन मन्त्री


    २५ क्याविनेटसहित ५८ सदस्यीय मन्त्रिपरिषद्लाई बिहीबार करिव ६ हजार आमन्त्रित व्यक्तिहरुको उपस्थितिमा राष्ट्रपति भवन अगाडिको चउरमा राष्ट्रपति रामनाथ कोबिन्दले शपथ गराएका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast