बुधबार, जेष्ठ १४, २०७७
    राज्य-समाज

    ‘आलोपालो सरकार’बारे प्रचण्डलाई ओलीको जवाफ - एक वर्ष हैन ४/५ दिनमात्र बाँकी छ

    शुक्रबार, १७ जेष्ठ २०७६, आहाखबर

    नयाँदिल्ली, १७ जेठ ।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकार चलाउने विषय उठान गरेपछि प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले दिल्लीबाटै जवाफ दिएका छन् । बिहीबार नरेन्द्र मोदीको शपथ ग्रहणमा पुगेका प्रधानमन्त्रीले आलोपालो सरकार चलाउने पसरानै सहमति भएको प्रष्ट पारेका छन् ।

    प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गरेको 'आलोपालो सरकार चलाउने’ सहमति पुरानै कुरा भएको बताएका छन् । 

    भारतकानवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार यो कुरा नयाँ नभएको र पहिले नै सार्वजनिक भएको विषय भएको बताए । उनले अनावश्यक कुरा उचाल्ने नेपालीको चरित्र नै यस्तो भएको समेत बताए ।

    नेकपाका अध्यक्ष दाहालले एक टेलभिजिनसँगकाे अन्तर्वार्तामा एक वर्षअघि पार्टी एकीकरणका क्रममा भएको 'आलोपालो सरकार चलाउने’ सहमतकिो प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएका थिए ।

    कुराकानीका क्रममा एकीरणका बेलाको सहमति अनुसार तपाईको प्रधानमन्त्री पद एकवर्ष मात्रै बाँकी छ नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले हाँस्दै एक वर्ष हैन ४/५ दिन मात्रै बाँकी छ भन्दै हाँसेर जवाफ फर्काएका थिए ।

    अघिल्लो वर्ष जेठ २ गतेको मितिमा हस्ताक्षरित तत्कालीन एमाले अध्यक्षओली र तत्कालीन माओवादी अध्यक्ष दाहालबीच भएकाे सहमति पत्रको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast