कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    कला-सौन्दर्य

    बक्सअफिस नहुँदा कलाकार पनि ठगिए

    शुक्रबार, १७ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १७ जेठ । 
    नेपालमा बक्सअफिस लागू हुने चर्चा हुन्छ । गत वर्ष चलचित्र विकास बोर्डले बक्सअफिस लागू गरेको घोषणा पनि ग¥यो । तर, घोषणामै सीमित भयो । बक्सअफिस लागू नहुँदा निर्माता मात्र होइन, कलाकार पनि आफू ठगिएको महसुस गरिरहेका छन् ।

    नायिका वर्षा राउतले नेपाली फिल्म उद्योग राम्रोसँग चलाउन बक्सअफिस लागू गर्नुपर्ने बताएको समाचार नयाँ पत्रिकाले छापेको छ । बक्सअफिस लागू भए नयाँ निर्मातालाई आफ्नो फिल्मको कमाइबारे थाहा हुने उनी बताउँछिन् ।

    ‘फिल्मको कमाइबारे गलत समाचार सम्प्रेषण भइरहेको हुन्छ, त्यसले एकदम असर गरेको छ । नयाँ निर्माताले वास्तविक परिस्थिति बुझ्छन्,’ उनी भन्छिन् ।  फिल्मको कमाइ लुकाएर कलाकारलाई पनि ठग्ने गरिएको उनले बताइन् ।

    हरेक कलाकारलाई आफूले अभिनय गरेको फिल्मको कमाइबारे जानकारी हुनुपर्ने उनको भनाइ छ । ‘फिल्मले व्यापार नै नगरेको भनिन्छ, यसो हुँदा कलाकारको करिअरमा धक्का पुग्छ, राम्रो पारिश्रमिक पाइँदैन,’ वर्षा भन्छिन्, ‘आफूले गरेका फिल्म राम्रो भए त्यहीअनुसार पारिश्रमिक लिन सकिन्छ ।’

    बक्सअफिस भए फिल्मलाई करको दायरमा ल्याउनसमेत सजिलो हुने उनी बताउँछिन् । ‘सरकारलाई नै फाइदा पुग्ने हो, तर किन लागू भएको छैन, मैले बुझ्न सकेको छैन,’ उनी भन्छिन्, ‘बक्सअफिस लागू हुँदा कलाकारलाई हेर्ने नजर पनि फेरिन्छ । लगानी र आम्दानी पारदर्शी हुन्छ ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast