बुधबार, जेष्ठ १४, २०७७
    राज्य-समाज

    यौनशक्ति बढाउने नाममा अढाइ वर्षीय समिरकुमारको हत्या गरेको खुलासा

    शुक्रबार, १७ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १७ जेठ । 

    आफूमा भएको दैवी शक्ति बढाउने नाममा नरबली दिने धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

    यौनशक्ति कम हुदै गएपछि महतोले दैबी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाइ वर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा भएको छ ।

    गत बैशाख २४ गते महतोले आर्यनको हसियाले रेटेर बली दिएको २ नम्वर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । बैशाख २३ गते दिउसो एकाएक समिरकुमार हराएपछि घरपरिवारले खोजी गरेपनि उनी फेला परेका थिएनन ।

    अन्धबिश्वासमा बिश्वास गर्दै आएका महतोले आफूमा अपार दैवीशक्ति पाउन र यौनइच्छालाई दर्बिलो बनाउन बालको बलि चढाएको प्रहरीलाई बताएको समाचार नेपाल समाचारपत्रले छापेको छ । 

    उनले प्रहरीलाई दिएको बयानमा २ बर्ष देखि श्रीमतीसंग शारिरिक संभोग नगरेको र नरवली दिएपछि यौन शक्ति तथा दैवी शक्ति बढ्ने सुनेको कारण समिरकुमारको हत्या गरेको स्वीकार गरेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast