शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    दाइजोमा मोटरसाइकल नल्याएपछि श्रीमतीको हत्या

    शुक्रबार, १७ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १७ जेठ । 

    मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । 

    मोटरसाइकल नपाएकै निहुँमा बिहेपछि छोरीलाई यातना दिन थाले । अहिले जीवन नै सिध्याइदिए । 

     

    २० वर्षीया विमलादेवी यादवको हत्यामा माइती पक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुबा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् । हत्यामा संलग्न रहेको आरोप लागेका बलेश्वरका दिदीबहिनी र आमा भने फरार रहेको प्रहरीले जनाएको छ । कुटपिट गरी १४ जेठमा विमलादेवीको हत्या भएको थियो ।

    विमलाका बुबा कमलेशले विवाहमा ज्वाइँ पक्षले मागेअनुसार नगद, सुनचाँदी र अन्य सरसामान दिए पनि मोटरसाइकल दिन नसक्दा छोरीको हत्या गरेको आरोप लगाएका छन् । 

    ‘केटा पक्षको मागअनुसार नै पाँच लाख नगद, दुई भरी सुन, पचास भरी चाँदी, कपडा र सरसामान दिइएको हो । त्यतिवेलै मोटरसाइकल पनि मागेका थिए, तर दिन सकिएन । 

    जेठी छोरीकै विवाहमा लिएको ऋणले थिचेको अवस्था थियो,’ कमलेशले भने, ‘मोटरसाइकल नपाएकै निहुँमा बिहेपछि छोरीलाई यातना दिन थाले । अहिले जीवन नै सिध्याइदिए ।’ बलेश्वर र विमलाको तीन वर्षअघि विवाह भएको थियो । 

    प्रहरीले हत्या घटनाको अनुसन्धान भइरहेको समाचार नयाँ पत्रिकाले छापेको छ ।  ‘घटना शंकास्पद छ, अनुसन्धान पूरा भएपछि मात्रै वास्तविकता खुल्छ,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्स्पेक्टर विज्ञान बस्नेतले भने ।

    पोस्टमार्टममा ढिलाइ 
    १४ जेठमा हत्या गरिएकी विमलाको शव सोही दिन जलेश्वर अस्पताल ल्याइएको थियो । तर, बिहीबार दिउँसो मात्रै पोस्टमार्टम भएको छ । 
    पोस्टमार्टममा भएको ढिलाइप्रति पीडित पक्षले अस्पताल र प्रहरीमाथि आक्रोश पोखेको थियो । तर, प्रहरीले भने आवश्यक कागजात तयार गर्दा ढिला भएको जनाएको छ । पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन । 

    मृतक विमलाका पिता कमलेश भन्छन् 
    केटा पक्षको मागअनुसार नै पाँच लाख नगद, मेरो क्षमताले भ्याउनेजति  सुन, चाँदी, कपडा र सरसामान दिएकै हुँ । त्यतिवेलै मोटरसाइकल पनि मागेका थिए, तर दिन सकिएन । जेठी छोरीकै विवाहमा लिएको ऋणले थिचेको अवस्था थियो ।

    मोटरसाइकल नपाएकै निहुँमा बिहेपछि छोरीलाई यातना दिन थाले । अहिले जीवन नै सिध्याइदिए ।  छोरीको  विमलाको तीन वर्षअघि विवाह गरिदिएको हुँ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast