बुधबार, जेष्ठ १४, २०७७
    राज्य-समाज

    नाकाबन्दीका डिजाइनरलाई मोदीले बनाए मन्त्री

    शुक्रबार, १७ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १७ जेठ ।
    भारतमा नयाँ मन्त्रीको रुपमा पूर्वविदेश सचिव एस जयशंकरले सपथ ग्रहण गरेका छन् । बिहिबार साँझ भारतमा जयशंकरलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले क्याबिनेट मन्त्रीका रुपमा सपथ गराएका हुन्।

    नेपाल मामलाका जानकारसमेत रहेका जयशंकरलाई भारतले नेपालमाथि लगाएको नाकाबन्दीको मुख्य डिजाइनरको रुपमा समेत चिनिन्छ । तत्कालिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुत बनेर नेपाल आएका जयशंकर विदेश सचिव थिए ।

    ०७२ असोज ३ मा नयाँ संविधान जारी गर्नुअघि जयशंकरले नेपालको संविधान जारी नगर्न चर्को दबाबसमेत दिएका थिए ।

    यो पनि पढ्नुस्

    यस्तो छ नरेन्द्र मोदीको ५८ सदस्यीय क्याबिनेट, अध्यक्ष अमित शाहको भागमा कुन मन्त्रालय ?

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast